20 January ,2025,Monday

चाँदीका गहना सहित पर्सा र बाराका तीन जना काठमाडौंमा पक्राऊ

वीरगंज,२३ पुस । उपत्यकामा तस्करीको ४७ किलो चाँदीका गहना सहित पर्सा र बाराका तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैयाका सुमन सर्राफ, बाराको कलैया १० का कामेश्वर साह र बाराकै विश्रामपुर गाउँपालिकाका मनिष सर्राफ रहेका छन् ।

विशेष सूचनाको आधारमा काठमाडौंको विभिन्न स्थानबाट बिल विजक बिनाको चाँदीको गहना सहित तीन जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयले जनाएको छ ।

राजस्व छली गरी बिल विजक बिना चाँदीका गरगहना ल्याइएको सूचना अनुसार सबैलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जनाए ।

उनका अनुसार पक्राउ परेका तिनै जनामाथि राजस्व छली सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...