19 January ,2025,Sunday

यस वर्षको गोतामे पत्रकारिता पुरस्कार बद्री विनोद प्रतीकलाई दिने निर्णय

वीरगंज, १४ माघ । यस वर्षको गोतामे पत्रकारिता पुरस्कार कास्की जिल्लाको पोखरा महानगरपालिका निवासी पुराना पत्रकार बद्री विनोद प्रतीक (खनाल)लाई प्रदान गर्ने निर्णय भएको छ । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानको शनिवार सम्पन्न बैठकले यस वर्षको पुरस्कार प्रतीकलाई प्रदान गर्ने निर्णय भएको सचिव हिमालचन्द्र गौतमले बताए ।
एक तोला सुनको तक्मा रहेको सो पुरस्कार पत्रकार गोपालचन्द्र गौतमको पुण्यतिथि फागुन २ गते प्रदान गरिने छ । प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । पुरस्कृत हुने पोखराका पत्रकार पाँच दशकदेखि नेपाली पत्रकारितामा सक्रिय रहँदै आएका छन् ।
पत्रकार प्रतीक २०३१ सालदेखि उनी अभियान साप्ताहिकबाट पत्रकारिता गर्दै आएको र अहिले पोखरा हटलाइनको प्रधान सम्पादक हुन् भने कास्की जिल्लाको विभिन्न क्याम्पसमा पत्रकारिता अध्यापन गराउँदै आएका छन् ।
स्व गौतमको सम्झनामा प्रतिष्ठानले २०६८ सालदेखि यो पुरस्कार निरन्तर वितरण गर्दै आएको छ । पहिलो पुरस्कार रू १० हजार राशिबाट शुरू भएको पुरस्कार २०७२ सालदेखि आधा तोला सुनको तक्मामा परिणत भएको थियो भने २०७५ सालदेखि एक तोला सुनको तक्मामा परिणत भएको छ । अहिलेसम्म यो पुरस्कार मकवानपुरका पत्रकार प्रताप विष्ट, विराटनगरका पत्रकार मोहन भण्डारी, बुटवलका पत्रकार डिआर घिमिरे, राजविराजका पत्रकार शिवहरि भट्टराई, झापाका पत्रकार स्व मदन ढकाल, पाल्पाका पत्रकार मेघराज शर्मा, सप्तरी (कञ्चनपुर)का पत्रकार भोला पासवान, भैरहवाका पत्रकार अर्जुन ज्ञवाली, झापाका पत्रकार केशव आचार्य, धनुषाकी पत्रकार मनिका झाले प्राप्त गरिसकेका छन।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...