18 January ,2025,Saturday

भारतीय राजदूतद्वारा वीरगंजका उद्योगीसँग भेटघाट

वीरगंज, १६ माघ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालले उठाउने गरेका धेरै समसामयिक समस्याहरूको सुझाव र समाधानको उपायहरू आफूहरूले दिने गरेको बताउनु भएको छ ।
मंगलवार वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा स्थानीय उद्योगी ब्यवसायीहरूले आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले भारत–नेपालको आर्थिक, सामाजिक लगायत द्विपक्षीय हकहित र चाहनाको विषयमा समस्या निकाल्ने मात्र नभई त्यसको समाधान पनि तत्काल खोज्नुपर्ने बताउनुभएको छ ।
उनले भने, नेपालले गर्नुपर्ने र गर्नसक्ने धेरै कुरा छन् जुन नितान्त नेपालको हितमा छ । पहाडी क्षेत्रमा ट्रान्समिशन लाइन बिस्तार गर्न सकिएको छैन जसले गर्दा भारतमा विद्युत बेच्न बाधक बन्ने र नेपाललाइ दैनिक १० करोडसम्म नोक्सान हुन सक्छ । राजदूत श्रीवास्तवले जनकपुर–कुर्था रेल दक्ष जनशक्तिको अभावले क्षमता अनुसार चल्न नसकेको बताउनुभयो ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले रक्सौल एयरपोर्ट सञ्चालन गर्न एकदम ढिलो भइसकेको बताउनुभयो । उहाँ रक्सौल रेलको गुणस्तर सुधार्न पनि जरूरी रहेको बताउनुभयो ।
होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्तले राजदूत श्रीवास्तवसँग भारतीय नोट रू ५०० र २०० नेपालमा सञ्चालनका लागि आग्रह गर्नुभयो । उहाँले नेपाल सरकारसँग पटकपटक भारु पाँच सय र २०० को नोट नेपालमा सञ्चालनको माग गर्दा पनि समस्याको सुनवाइ नभएको बताउनुभयो । प्रतिउत्तरमा भारतीय राजदूत श्रीवास्तवले भारु ५०० र २०० हजारको नोट नेपालमा नचल्नुमा भारत सरकारको दोष नरहेको बताउनुभयो । नेपाल राष्ट्र बैंकले भारु २०० र पाँच सयको नोट निषेध गरेको बताउनुभयो ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...