8 February ,2025,Saturday

वीरगंजका मेयर सिंहको समर्थनमा विशाल प्रदर्शन

वीरगंज, १८ माघ । वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहको समर्थनमा आज विशाल र्याली निकालिएको छ ।
दलाल, भूमाफिया, विकास विरोधी होशियार, वैभवशाली वीरगंज हाम्रFे साझा सरोकार नारा लेखिएको ब्यानरसहित वीरगंजको वृहत्तर विकासको लागि निर्वाचित सशक्त नेतृत्वलाई नागरिक समाजको ऐक्यबद्धता जनाएको हो ।
र्यालीमा सहभागीहरुले वीरगंजको शान, मेयर राजेशमान, चरित्र हत्या गर्न पाइदैन, वीरगंजवासीको एउटै पुकार, अझै २० वर्ष राजेशमानको सरकार नारा लेखिएको प्लेकार्ड बोकेर नगर परिक्रमा गरिएको थियो ।
मेयर सिंहलाई राजनैतिक रिसइबि साध्नको लागि विपक्षले झुठो नागरिकता मुद्दा लगाएको भन्दै नगरबासीले प्रदर्शन गरेका थिए ।
वीरगंजका नागरिक समाजले स्वस्फूर्तरूपमा मेयर सिंहको समर्थन गरेका छन् । बिहिवार दिउँसो १२ बजे मेयर सिंहका समर्थकहरू लालबंगलामा भेला भएर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्रमा मेयर सिंहविरूद्धको मुद्दा खारेज गरी झुठो मुद्दा दिनेहरूमाथी कारबाहीको माग गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...