26 March ,2025,Wednesday

विन्दवासिनी गाउँपालिकाको न्यायिक समितिको कार्यालय समुद्घाटन सम्पन्न

वीरगंज, २९ माघ । पर्साको विन्दवासिनी गाउँपालिकाको सोमबार न्यायिक समितिको कार्यालय समुद्घाटन सम्पन्न भएको छ । गाउँपालिका उपप्रमुख ज्योती देवी चौरसिया र जिल्ला समन्वय समितिका उपप्रमुख पुरन प्रसाद कुर्मीले संयुक्त रूपमा समुद्घाटन गर्नु भएको हो ।

उद्घाटन पस्चात उपप्रमुख चौरसियाले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आर्थिक वर्ष २०८० र ८१ मा अहिलेसम्म यस पालिकामा ८८ वटा मुद्दा दायर गरिएको र त्यसमध्ये ४५ वटा मुद्दाहरू टुंग्याएको उनले बताइन् । खासगरी आपसी झैझग्डा, जग्गाको लेनदेन, महिला हिँसा, कुटपिट लगायतका मुद्दाहरू पर्ने गरेको उनले बताइन् ।

आफु निर्वाचित भएर आइसकेपछि गाउँपालिकामा परेका मुद्दाहरुको छलफल गर्न गाह्रो हुँदा न्यायिक समितिको छुट्टै कार्यालय बनाउनका लागि पहल गरेको र आज यो कार्यालय हुँदा आफूलाई खुशीको साथ साथै अब काम गर्नमा पनि सजीलो हुने उनले बताइन् ।

एक फरक प्रसङ्गमा उपप्रमुख चौरसियाले हामीकहाँ आएका अधिकांश उजुरीहरुलाई गाउँपालिकामै समाधान गर्ने गरेको बताइन् । उनले भनिन् यस गाउँपालिकामा श्रीमान श्रीमती बिचको झै झग्डा सम्बन्धी उजुरीहरु आउँछन् सकभर हामी वहाँहरुलाई सम्झाई बुझाई गरेर पठाउछौ, पैसा लेनदेनको पनि उजुरीहरु आउँछन्, जग्गा जमीनको उजुरीहरु आउँछन्, महिला हिँसाका उजुरीहरु आउँछन् यी सबै समस्याहरूलाई हामी सकभर पालिका मै सम्बन्धित मानिसहरूलाई बसाएर समाधान गर्ने गरेको बताइन् ।

कहिले काँही हाम्रो अधिकारको बाहिरको विषय आउँदा हामी वहाँहरुलाई सम्बन्धित ठाउँमा गएर सम्पर्क गर्न सल्लाह पनि दिँदै आएको उनले बताइन् । उदघाटनको अवसरमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा, न्यायिक समितिका सदस्य प्रेम मुखिया विन, अधिवक्ता रामनाथ कुशवाहा, नरेश चौहान, स्थानिय प्रहरी, न्यायिक समितिका कर्मचारी कोशल्या साह, गाउँपालिका कर्मचारीहरु, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । पर्सा जिल्लामा स्थानीय निकायमा इजलास वीरगंज महानगरपालिका पछि यो दोस्रो न्यायिक समितिको कार्यालय हो जुन सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...