18 January ,2025,Saturday

३५ किलो चरेससहित दुर्ई भारतीय पक्राउ

बारा, ३ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ३५ किलोग्राम लागुऔषध चरेससहित दुर्ईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । चितवनबाट भारततर्पm लैजाँदै गरेको अवस्थामा चरेससहित २ जनालाई बाराको अम्लेखगञ्जबाट प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय सिमरा र अम्लेखगञ्जबाट खटिएको प्रहरीले लागुऔषध चरेससहित दुर्ईजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
३२ एनएम नम्बर प्लेटको भारतीय कारलाई प्रहरीले शंका लागेर जाँच गरेको थियो । सोही क्रममा कारको पछाडि डिक्कीमा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध चरेस बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदिप बहादुर क्षेत्रीले जनाए । खैरो टेपले प्याकिङ गरी ६७ वटा प्याकेटमा राखिएको चरेस बरामद गरेको फेला परेको उनले बताए ।
पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेशस्थित बैहराइच, थाना देहात कोतावाली नाजीरापुरन नई बस्नी बस्ने साफिर अलि र कारमा सवार सोही ठाँउका मोहम्मद अफजाल रहेका छन् ।
उनीहरूको साथबाट ३५ किलो लागुऔषध चरेस, सिम सहितको २ थान मोबाइल, भन्सार सम्बन्धी कागजपत्र र कार समेत बरामद गरेको प्रहरीले बतायो ।
पक्राउ परेका उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत म्याद थप गरेर अनुसन्धान तथा कारबाई अगाडी बढाइने प्रहरीले जनायो ।
फरार प्रतिवादी बारा प्रहरीको नियन्त्रण बारा प्रहरीले एक जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । प्रहरी कारबाईको सिलसिलामा मंगलवार अस्थाई प्रहरी चौकी बसपार्क कलैया, बाराबाट खटिएको प्रहरी टोलीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कलैया उप–महानगरपालिका वडा नम्बर २ बस्ने सन्तोषराज गिरी रहेका छ्न । बारा जिल्ला अदालतबाट कुटपिट अंगभंग मुद्दामा दुर्ई महिना आठ दिन कैद र १० हजार जरिवाना लागेका सन्तोषराज गिरीलाई पक्राउ गरेको हो । बारा प्रहरीले गिरीलाई बारा जिल्ला अदालत, कलैयामा दाखिला गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...