20 January ,2025,Monday

आधाभारमा दुर्घटना दुईजनाको मृत्यु, चारजना घाइते

वीरगंज, ९ माघ । बाराको आधाभारमा सडक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
आज बिहान ५ः३५ बजे बारा, जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ आधाभार जंगलमा सिमराबाट हेटौडा जादै गरेको ना ६ ख ३३५२ नं.को ट्रक र हेटौडाबाट पथलैया आउदै गरेको बा.प्र.०१–०२६ च १३३४ नं.को बोलेरो पिकअप एकआपसमा ठोकिदा बोलेरोमा सवार ५ जना गम्भीर घाइते भएका थिए ।
घाइते भएका नुवाकोट, बिदुर नगरपालिका वडा नं.९ कोल्नी बस्ने वर्ष ३० को सुजन मगराती र भारत, बिहार राज्य, मोतिहारी जिल्ला, मधुवन थाना ग्राम कुन्दनपुर बस्ने वर्ष २८ को चन्दन चौहानको एसएल न्यूरो अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
दुर्घटनामा भारत, बिहार राज्य, मजफ्फरपुर जिल्ला, परखना मोतिपुर थाना, दरूराज ग्राम सिसुवा बस्ने महेश चौधरीको छोरा वर्ष २२ को राहुल चौधरी, बिहार राज्य, महाराजगंज जिल्ला, गोरखपुर बस्ने बलिराम चौहानको छोरा वर्ष १७ को सुदिप चौहान, सुरेश चौहानको छोरा वर्ष १९ को राम लखन चौहान, बारा, परवानीपुर गाँउपालिका वडा नं. ४ चैनपुर हाल जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२ हुलास टोल बस्ने रघुनाथ राउत कुर्मीको छोरा वर्ष ३० को रवि पटेल घाइते भएका छन् । घाइतेहरुको एसएल न्युरो अस्पतालमा उपचार भइरहेको जिप्रका, बाराले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...