8 February ,2025,Saturday

नेदरल्यान्ड्सले नामिबियालाई हरायो

काठमाडौँ, १७ फागुन : राजधानीमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले पराजित गर्दै विजयी भएको छ ।
माइकल लेभिट र साइब्रान्ड एङ्गेलब्रेख्तको उत्कृष्ट ब्याटिङमा नेदरल्यान्ड्सले नामिबियालाई जितका लागि दुई सय ४८ रनको लक्ष्य दिएको थियो । जवाफमा नामिबियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८८ रनमा समेटियो ।
नामिबियाका लागि जान फ्रिलिङक र जान ग्रिनले समान ४२÷४२ रनको योगदान दिए । त्यसैगरी जेपी कोटेजले २६ रन जोड्दा जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानले समान १९÷१९ रन बनाए ।
बलिङतर्फ नेदरल्यान्ड्सका टिम भान डर गुगटेनले दुई विकेट लिए भने याब्रान्ड एंगेलब्रेक्ट, रोलेफ भान डर मर्वेल, भिभियन किंग्मा र आर्यन दत्तले समान एक÷एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ४७ रनको योगफल बनाएको थियो । नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ६२ बलमा ११ चौका र १० छक्काको मद्दतले सर्वाधिक एक सय ३५ रनको योगदान दिएका थिए । त्यसैगरी साइब्रान्ड एङ्गेलब्रेख्तले ४० बलमा सात चौका र पाँच छक्काको मद्दतले ७५ रन जोडे । तेजा निदामनुरुले १८ रन बनाए ।
दोस्रो विकेटका लागि लेभिट र एङ्गेलब्रेख्तले एक सय ९३ रनको साझेदारी गरेका थिए । नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले दुई विकेट लिए भने जान फ्रेइलिङ्कले र बेन सिकोन्गोले समान एक÷एक विकेट लिए ।
योजितसँगै नेदरल्यान्ड्सले दोस्रो जित दर्ता गराएको छ । यसअघि भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई पराजित गरेको थियो । उक्त प्रतियोगिताअन्तर्गत भोलि नेपालले नामिबियासँग खेल्नेछ ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...