8 February ,2025,Saturday

तामझामका साथ भगवान शिवको जन्ती यात्रा

वीरगंज, २५ फागुन । मौलापुरमा मधानी बिशेष पुजा समारोह भव्य रूपमा सम्पन्न भएकोछ ।
भगवान शिव र पार्वतीको विवाहको रुपमा मनाइने मधानी महायज्ञको यस बिशेष पुजा समारोहमा आचार्य शोभाकान्त झाले मन्त्रोचरण गर्नु भएको थियो भन्ने बाबाधामको पुजारीहरुले बिशेष पुजा गराउनु भएको थियो ।
मौलापुर नगरप्रमुख रीना कुमारी साहको अध्यक्षता एवं मधेश प्रदेशको सभामुख मा. रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा बिभिन्न शिव मण्डलीहरुले बिशेष कला प्रस्तुति गरिएका थिए
रौतहटको मौलापुर नगरपालिकामा भगवान शिवको बारात यात्रा निकालिएको छ । भगवान शिव र पार्वतीको विवाहको रुपमा मनाइने मधानी महायज्ञको शुभारम्भ गर्न तामझामका साथ भगवान शिवको बारात (जन्ती) यात्रा निकालिएको हो ।
मौलापुर नगरपालिका–२, चिरचिरियाबाट निस्केको बारात यात्रा मौलापुर नगरपालिका– ५, पतौरा स्थित पुरातात्त्विक महादेव मन्दिर प्राङ्गणमा पुगेर सम्पन्न भएको हो । बारात यात्रा संगै मधानी महायज्ञ २०८० को शुभारम्भ समेत भएको हो ।
बारात यात्राको नेतृत्व मौलापुरकी मेयर रीनाकुमारी साहले गरेकी थिइन् भने हजारौं सर्वसाधारण एवं भक्तजनको सहभागिता रहेको छ । पुरातन कालदेखि मधानी महायज्ञ आयोजना हुँदा भगवान शिवको बारात यात्रामा कमरथुवाहरु मात्र सहभागी हुँदै आएकोमा पहिलो पटक सर्वसाधारणले समेतको सहभागिता जनाएको हो ।
आम नागरिक सामिल भएको बारात यात्राले मधानी महायज्ञमा नयाँपन थपेको स्थानीयको भनाई रहेको छ । पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन मौलापुर नगरपालिकाले महाशिवरात्रीको अवसरमा मधानी महायज्ञ आयोजना गर्दै आएको छ ।
यस वर्षको मधानी महायज्ञको अवसरमा बलिवुडका सुपरस्टार गोविन्दा, भोजपुरी सुपरस्टार निलम गिरी, नेपाली सिनेजगतका सुपरस्टार पल साह, चर्चित निर्देशक दिनेश डिसी लगायतका कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहनेछ । मधानी महायज्ञमा १० लाख भन्दा बढी दर्शनार्थीले अवलोकन गर्ने आयोजको अनुमान छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...