18 January ,2025,Saturday

बसमा यात्रीलाई बेहोस गरेर लुट्ने भारतीय पक्राउ

वीरगंज, २६ फागुन । बसभित्र यात्रीलाई नशालु पदार्थ खुवाई रकम चोरी गरेको आरोपमा एकजना भारतीयलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
फागुन २३ गते २ः०० बजे बारा, आदर्श कोतवाल गाँउपालिका वडा नं. ८ बस्ने उपेन्द्र मुखिया नारायणघाटबाट वीरगंज आउने क्रममा उनलाई भारत बिहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना जोगापट्टी ग्राम मछरगाव वडा नं. २ बस्ने वर्ष २७ को अखिलेश कुमार साहले मिठाई र बिस्कुट खुवाई बेहोस पारेर नगद रू. ४१ हजार ५००।– र मोबाईल थान –१ चोरी गरी वीरगंज बसपार्कबाट फरार भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
यसबारेमा मुखियाले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले खोजतलासको क्रममा वीरगंज–१६ भानुचोक बाट अखिलेशलाई पक्राउ गरी उनको खानतलासी गर्दा नगद ३७ हजार ४१०।– र चोरी भएको मोबाईल भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले साह लाई पर्सा जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा सात दिने म्याद लिई अनुसन्धान गरिरहेको जिप्रका पर्साले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...