वीरगंज, ३ चैत । बाराको परवानीपुर गाउँपालिका कार्यसम्पादन मूल्यांङ्कनमा बारा जिल्लाको स्थानिय तहहरु मध्ये प्रथम भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन सूचक वापत प्राप्त गरेको अंङ्कको प्रकाशित नतिजा परवानीपुर गाउँपालिकाले सबै भन्दा बढी अंक प्राप्त गरेको हो ।
नेपाल सरकारबाट आ।व। २०८१/८२ मा यस आयोगको सिफारिशमा उपलब्ध गराइने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्यसम्पादन मूल्याङ्कन वापत प्रदान गरिने अनुदानका लागि प्रदेश र स्थानीय तहले कार्यसम्पादन सूचक वापत प्राप्त गरेको अंङ्कको नतिजा सार्वजनिक गरेको हो ।
जस नतिजा अनुसार सबभन्दा बढी परवानीपुर गाउँपालिकाकाले ६६.४७ र सबै भन्दा कम सिम्रौगढ नगरपालिकाले ३४.०१ अंक प्राप्ता गरेको छ ।
यसैगरी दोस्रो स्थानमा कलैया उपमहानगरपालिका ६४.९३, तेस्रो जितपुर सिमरा उपमहानगरपालिकाले ५५, चौथो महागढीमाई नगरपालिका ४८.९१, पांचौ करैयामाई गाउँपालिका ४७.१२, छैठौ प्रसौनी गाउँपालिका ४४.८६ र सातौ स्थान बिश्रामपुर गाउँपालिका ४४।५१ प्राप्त गरेको छ ।
त्यसैगरी निजगढ नगरपालिकाले ४२.४६, कोल्भी नगरपालिका ४१.०६, आदर्शकोत्वाल गाउँपालिका ४०.५६, देवताल गाउँपालिका ३९.७७, पचरौता नगरपालिका ३९.६४, सुवर्ण गाउँपालिका ३९.४७, फेटा गाउँपालिका ३९.०८ र बारागढी गाउँपालिका ३९ अंक प्राप्त गरेको छ ।