शारदा कला केन्द्र तथा राइजद्वारा २५ डिसेम्बरमा भव्य फन फेयर आयोजना हुने

रक्सौल, पूर्वी चम्पारण ०८ पुस ।  रक्सौल शहरको मुख्य पथस्थित हजारीमल हाई स्कुल परिसरमा आगामी २५ डिसेम्बर (बिहीबार) शारदा कला केन्द्र तथा राइज संस्थाको संयुक्त आयोजनामा हरेक वर्षझैँ यस वर्ष पनि फन फेयर–२०२५ को भव्य आयोजना गरिने भएको छ ।

आयोजनाबारे जानकारी दिँदै शारदा कला केन्द्रकी सञ्चालिका तथा राइज संस्थाकी सचिव शिखा रञ्जनले फन फेयरमा रंगारंग सांस्कृतिक कार्यक्रम, स्वादिष्ट खानपानका स्टल तथा मनोरञ्जनका विविध गतिविधि रहने बताइन् ।

युवाहरूका लागि रंगीचंगी स्टलसँगै आकर्षक सेल्फी प्वाइन्ट विशेष आकर्षणका रूपमा रहने उनको भनाइ छ ।
शिखा रञ्जनले यदि यस वीकएन्ड कतै बाहिर जाने योजना बनाइरहनुभएको छ भने २५ डिसेम्बर बिहीबार बिहान ११:०० बजे मेन रोडस्थित हजारीमल हाई स्कुलतर्फ अवश्य आउन आग्रह गर्दै, नआए फन, फूड, शपिङ तथा बालबालिका, युवा र सबै उमेर समूहका लागि आयोजना गरिएका गतिविधिहरू छुट्न सक्ने बताइन् ।

कार्यक्रमको मुख्य उद्देश्य बालबालिकामा रचनात्मकता विकास गर्नुका साथै परिवार, समाज र राष्ट्रप्रति उच्च चारित्रिक मूल्यको स्थापना तथा स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्नु रहेको उनले बताइन्। यस कार्यक्रममा नगरवासीहरूको अघिल्ला वर्षझैँ सहयोग, समर्थन र गरिमामय उपस्थिति रहने विश्वास पनि आयोजकले व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *