भारत–नेपाल आध्यात्मिक सम्बन्धमा नयाँ आयाम : हरैया प्रहरी चौकीका अधिकृत किशन पासवानको प्रशंसनीय पहल

वीरगंज, २९ माघ । हरैया प्रहरी चौकीका अधिकृत किशन पासवानले नेपालका भक्तजनहरूको आस्थालाई सम्मान गर्दै भारत–नेपाल सम्बन्धलाई थप सुदृढ बनाउने उल्लेखनीय पहल गरेका छन्। श्री श्री १००८ अनिरुद्धाचार्य महाराज जीलाई नजिकबाट दर्शन गर्न रक्सौलको स्टेशन रोडस्थित नाकासा होटल नजिकै भक्तजनहरूको उल्लेख्य भीड जम्मा भएको थियो।

उक्त अवसरमा वीरगंजका सामाजिक कार्यकर्ताहरू पिया सिंह, प्रभात आनन्द सिंह, प्रसिद्धि आनन्द सिंह र राहुल सराफलगायतले महाराज जीसँग भेटघाट गर्ने इच्छा व्यक्त गरेका थिए। अधिकृत पासवानले नेपाल र भारतका भक्तजनबीच समन्वय गर्दै उनीहरूलाई महाराज जीसँग परिचय गराउने व्यवस्था मिलाएका थिए। यस क्रममा उनले आफ्नो कर्तव्यप्रति समर्पण र सेवाभावको उदाहरण प्रस्तुत गरेका थिए।

भेटघाटका क्रममा पिया सिंहले नेपालबाट पुगेका भक्तजनहरूलाई वस्त्र तथा रुद्राक्षको माला अर्पण गरी सम्मान व्यक्त गरे। कार्यक्रम सकिएपछि ढिलाइका कारण नेपाल फर्किन उत्पन्न भएको असहज अवस्थालाई समेत अधिकृत पासवानले सहजीकरण गर्दै समाधान गरिदिएका थिए।

प्रहरी प्रशासनको यस प्रशंसनीय कार्यको वीरगंज क्षेत्रमा व्यापक सराहना भइरहेको छ। यो पहलले भारत–नेपालबीचको आध्यात्मिक तथा सामाजिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। दुवै देशका भक्तजनबीचको सद्भाव र आपसी समझदारी अभिवृद्धि गर्न यस्ता प्रयासहरू प्रभावकारी पुलका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *