प्रेस चौतारी नेपाल पर्साले असोज १२ गते अधिवेसन गर्ने

वीरगंज । प्रेस चौतारी नेपाल पर्साले शनिबार बसेको बैठकले असोज १२ गते छैठौ अधिवेशन गर्ने निर्णय गरेको छ । शाखा उपाध्यक्ष तुल्सी भण्डारीको अध्यक्षतामा बसेको बैठकले प्रेस चौतारीको अधिवेशन नेपाल पत्रकार महासंघको सभाहालमा गर्ने निर्णय भएको सचिव राजेन्द्र सिंहले जानकारी दिनुभयो ।

बैठकले मधेश प्रदेशका महासचिवले जारी गरेको बिज्ञप्ती प्रति ध्यानाकर्षण भएको ठहर गरेको छ । प्रेस चौतारी नेपाल पर्सा शाखाले नेपाल पत्रकार महासंघको सदस्यता सुद्धिकरण तथा नयाँ सदस्यता बितरण गर्ने कार्यको यस अघि स्वागत गरिसकेको अवस्थामा प्रदेशका महासचिवले प्रधेशको अन्य पदाधिकारीहरु संग समन्वय नै नगरी गैर जिम्मेवार तरिकाबाट निकालेको बिज्ञप्तीबाट प्रेस चौतारी नेपाल पर्साको गम्भीर ध्यानाकर्षण भएको तथा आपती प्रकट गरेको छ ।

साथै सो निर्णय सच्याउनका लागि मदेश प्रदेश कमिटीलाई अनुरोध पनि गरेको छ । आजको बैठकले शाखा उपाध्यक्ष तुल्सी भण्डारीको संयोजक्त्वमा तयारी समिति पनि गठन गरेको छ । तयारी समितिको सदस्यमा कविता खडका, राजेन्द्र सिंह, संतोष पटेल,मोहमद सदब्ब,राकेश साह,पन्नालाल साह,राजन रौनियार,राजन कुमार सिंह,कृष्ण कुश्वाहा,एस.के चौरसिया,नितेश कर्ण,प्रकास तिवारी रहेको छन ।

बैठकमा प्रेस चौतारीका मधेश प्रदेश ईन्चार्ज कमल उपाध्याय,जिल्ला ईन्चार्ज शत्रुधन नेपाल,केन्द्रिय परीष्द अनुप तिवारी, सुष्मा शर्मा,मदेश सचिव ग्यासु मिया देवान,सदस्य आशिक अंसारी,शयाम कुश्वाहा,चौतारी पर्साका पुर्व सचिव संजिव मिश्र, सदस्य तिवारी यादवको सहभागी रहेको थियो भने प्रेस चौतारी नेपालका पदाधिकारीको उल्लेखनीय मात्रमा उपस्थीति रहेको सचिव राजेन्द्र सिहले जानकारी दिनु भयो ।

बैठकले चौतारी पर्सामा आबद्ध हुनका लागि ईच्छुक पत्रकारलाई नयाँ सदस्याता बितरण तथा सदस्यता नबिकरण गर्नका असोज ०२ गते देखि ०७ गते सम्मको समय निर्धारण पनि गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *