16 July ,2024,Tuesday

पर्सा जिल्ला कबड्डी संघको ६ औं साधारण सभा सम्पन्न,अध्यक्षमा अमित अग्रवाल

वीरगंज । पर्सा जिल्ला कबड्डी संघको ६ औं साधारण सभा शनिबार एक कार्यक्रम बीच सम्पन्न भएको छ ।

कबड्डी संघ पर्साका अध्यक्ष आकाश पटेलको अध्यक्ष्तामा बोलाइएको भेलाबाट १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।पत्रकार महासंघको सभाहलमा सम्पन्न साधारण सभामा अमित अग्रवालको अध्यक्ष्तामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको संघका निवर्तमान अध्यक्ष पटेलले जनाकारी गराए ।

नेपाल पत्रकार महासंघ,पर्साका अध्यक्ष अनुप तिवारीको प्रमुख आतिथ्यमा आयोजित साधारणसभाका विशिष्ट अतिथि नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव,खो खो संघका पर्सा जिल्ला उपाध्यक्ष दिपक साह तथा फुटबल रेफ्रि संघ पर्साका अध्यक्ष अर्जुन गुप्ता रहनुभएको थियो ।

नयाँ कार्य समितिका प्रथम उपाध्यक्ष सुधिर गुप्ता र महिला उपाध्यक्ष रमिता माया गुप्ता,सचिव उपेन्द्र पटेल,सहसचिव श्याम कुमार सरार्फ,कोषाध्यक्ष रानु दास,सदस्यहरु सागिर अली,विक्की राज पटेल,अंकित मिश्रा अंगद यादव,बजरंगी पटेल,दिपक साह,महिला सदस्य प्रेरणा श्रेष्ठ चयन भएका हुन ।

चयन भएका नयाँ कार्य समितिलाई प्रमुख अतिथि तिवारीले गम्छा र टीका लगाई सफल कार्यकालको शुभकामना दिनुका साथै पर्सा जिल्लामा कमजोर हुदै गएको कबड्डी खेल प्रति खेलाडीलाई आकर्षित गराउन वीरगंजमा मात्रै केन्द्रित नभई समय समयमा पर्साका १४ औं पालिकामा प्रतियोगिता गराउन सुझाएका थिए । 

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...