27 June ,2026,Saturday

मिडिया काउन्सिल मधेशको अभिमुखीकरण बर्दिबासमा सुरु, विश्वसनीय र मर्यादित पत्रकारितामा जोड

अभिलाष गुप्ता
बर्दिबास, १२ अषाढ । मिडिया काउन्सिल मधेश प्रदेशको आयोजनामा ‘विश्वसनीय, मर्यादित र व्यवसायिक पत्रकारिता प्रवर्द्धनका लागि आचारसंहिता तथा भाषा र लैङ्गिकसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ महोत्तरीको बर्दिबासमा सुरु भएको छ।

पत्रकारितामा विश्वसनीयता, व्यावसायिकता, आचारसंहिताको प्रभावकारी कार्यान्वयन तथा लैङ्गिक रूपमा संवेदनशील भाषाको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको छ।

कार्यक्रममा मिडिया काउन्सिल मधेश प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना झा, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा तथा वरिष्ठ पत्रकार धर्मेन्द्र झा लगायतले मर्यादित, तथ्यपरक, सन्तुलित र जिम्मेवार पत्रकारिताको आवश्यकता तथा महत्वबारे धारणा व्यक्त गरेका थिए।

वक्ताहरूले पत्रकारिता केवल सूचना सम्प्रेषण गर्ने माध्यम मात्र नभई समाजलाई सही दिशा दिने जिम्मेवार र उत्तरदायी पेशा भएको उल्लेख गर्दै सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण नै पत्रकारिताको मूल आधार भएको बताए। उनीहरूले पत्रकारिताप्रति जनविश्वास कायम राख्न सञ्चारमाध्यम र पत्रकारहरूले पत्रकारिता आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा विशेष जोड दिए।

उनीहरूले समाचार सम्प्रेषणका क्रममा प्रयोग हुने भाषा मर्यादित, समावेशी र लैङ्गिक रूपमा संवेदनशील हुनुपर्ने उल्लेख गर्दै सञ्चारमाध्यमले समाजमा सकारात्मक सोच, सामाजिक सद्भाव र उत्तरदायी नागरिक चेतनाको विकासमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखे।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई पत्रकारिता आचारसंहिता, जिम्मेवार समाचार सम्प्रेषण, भाषा प्रयोगका मापदण्ड तथा लैङ्गिक संवेदनशीलतासम्बन्धी विषयमा अभिमुखीकरण प्रदान गरिने आयोजकले जनाएको छ।

मिडिया काउन्सिल मधेश प्रदेशले यस्ता कार्यक्रममार्फत पत्रकारहरूको क्षमता अभिवृद्धि गर्दै विश्वसनीय, मर्यादित र व्यवसायिक पत्रकारिताको प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...