27 June ,2026,Saturday

गहवामाई रथयात्राको अवसरमा निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा

अभिलाष गुप्ता
वीरगंज, १३ अषाढ  । श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा शनिबार माईस्थान मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। समितिका अध्यक्ष श्याम पोखरेल, उपाध्यक्ष देवानन्द कलवार,सचिव पप्पु गुप्ता र कोषाध्यक्ष रवि अग्रवाल सम्मिलित समितिले गठन गरेको उपसमितिका संयोजक श्याम गुप्ताको नेतृत्वमा शिविर आयोजना गरिएको हो। शिविरको उद्घाटन चिकित्सक डा। मनोज गुप्ताले गरेका थिए।

आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित श्रद्धालु तथा सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रत्येक वर्षझैँ यस वर्ष पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको समितिले जनाएको छ।समितिका सचिव पप्पु गुप्ताका अनुसार असार ३२ गते आयोजना हुने गहवामाई रथयात्राको अवसर पारेर शिविर सञ्चालन गरिएको हो। शिविरबाट ३५५ जनाले स्वास्थ्य सेवा लिएका थिए।

शिविरमा आँखा, दाँत, हाडजोर्नी तथा कान रोगसँगै मधुमेह र थाइराइडसम्बन्धी परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो।

उपसमितिका संयोजक श्याम गुप्ताका अनुसार शिविरका क्रममा मोतियाबिन्दु पहिचान भएका बिरामीहरूको संस्थाको पहलमा निःशुल्क शल्यक्रिया समेत गरिने व्यवस्था मिलाइएको छ। कार्यक्रममा कार्यक्रम सहसंयोजक अनुप कुमार अग्रवाल समितीका सदस्यहरु ओशन गुप्ता, राजन गुप्ता, ललित अग्रवाल, विवेक कुमार, मुन्ना सर्राफ लगायतको सक्रिय सहभागिता थियो ।

 

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...