सखुवाप्रसौनी गापाको ११ औं गाँउसभा सम्पन्न,६३ करोडको बजेट सार्वजनिक

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाको ११ औं गाउँसभा सम्पन्न भएको छ। आर्थिक वर्ष २०८० र २०८१ को लागी बजेट आज एक कार्यक्रमको बीच सार्वजनिक गरिएको छ ।

पालिकाको चालू आर्थिक वर्षक अनुमानित कुल बजेट ६३ करोड २९ लाख ९६ हजार २ दुई सय २५ रुपैयाको बजेट पालिकाको प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले गरेका थिए।
कार्यक्रममा वडा अध्यक्ष वासुदेव महतो,मोजामिल अंसारी,असेश्वर यादव,लगाएत वडाअध्यक्ष वडा सदस्य कार्यपालिका सदस्य स्थानीय पत्रकार स्थानीय सुरक्षाकर्मी लगाएतको उपस्थिति  मा कार्यक्रम सम्पन्न भएको समाजिक विकास शाखा प्रमुख विनोद यादवले जनाकारी दिए ।

कार्यक्रममा गाउँपालिकाको प्रशासनिक भवन निर्माण सर्बजनिक जग्गाको अतिक्रमण रोकने र संरक्षण गर्ने,पालिकाको मुल सडक कालोपत्रे गर्ने,विद्यार्थी अनुपातमा स्वयंसेवक शिक्षक को अनुदान विद्यालयलाई दिने,पालिकाको जनतालाई निस्शुल्क एमबुलेन्स सेवा उपलब्ध गराउने,किसानलाई स्काभेटर निशुल दिने,पालिलाको पचगावामा आधरभुत स्वास्थ चौकी १५ सैयाको व्यवस्था गर्ने,सर्प दंस र कुकुरको टोकाई बाट घाइतेको निस्शुल्क उपचार गर्ने, जमुनिया खोलाको टेन्डर गरि आन्तरिक स्रोत बढाउने जस्तो कार्य र खानेपानी,सिचाई, सडक,स्वास्थ सुरक्षामा उदेश्य राखी बजेट बिनियोजन गरेको सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त यादवले बताए।कार्यक्रम गाउँपालिकाको अध्यक्ष यसवन्त यादवको अध्यक्षता मा समपन भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *