शान्ति निकेतन बोर्डिङ्ग स्कुलमा भोजपुरी भाषा तथा संस्कृतिको बारेमा प्रशिक्षण कार्यक्रम

वीरगंज । नेपाल भोजपुरी समाजको आयोजनामा वीरगंजको शान्ति निकेतन बोर्डिङ्ग स्कुलमा भोजपुरी भाषा तथा कला संस्कृतिको बारेमा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

 बोर्डिङ्ग स्कुलका संस्थापक नागेन्द्र सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी तथा सह सचिव अजमत अलि अंसारीले बिभिन्न गित संगित बाट बिद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए,भने भोजपुरी कला संस्कृतिको बारेमा सल्लाहाकार मनोज मिश्र तथा सचिब राजेन्द्र सिंहले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा कक्ष ७, ८ र ९ का छात्र तथा छात्राहरुको सहभागीता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *