वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरलाई हरित शहर बनाउन चोक चोक र खाली स्थानमा वृक्षारोपण गर्न सबै सँग आग्रह गर्नुभएको छ ।
‘सफा वीरगंज,स्वच्छ वीरगंज’बनाउने अभियानमा लागि परेको भन्दै उहाँले महानगरले समेत अहिले वृक्षा रोपणलाई तिब्रता दिएको र यसमा सबै क्षेत्रले साथ र सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।
एलाइड युथ सोसाइटी र पहिलो पाइला नेपालको संयुक्त आयोजनामा रजत जयन्ती चोकमा आयोजित वृक्षारोपण कार्यक्रममा सहभागि हुँदै उहाँले युवाहरु जस्तै सबै क्षेत्रको साथ भए वीरगंजलाई वैभव बनाउन समय नलाग्ने बताउनुभयो ।
कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति डा.दिपक शाक्य,सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंह,विभिन्न संघसस्थाका प्रतिनिधि,एलाइड युथ सोसाइटीका अध्यक्ष ओमकुमार झा,पहिलो पाइला नेपालका उपाध्यक्ष राज साह लगायतको सक्रिय सहभागिता रहेको थियो ।