20 January ,2025,Monday

मोहम्मद डे को अवसरमा वीरगंजमा र्याली तथा खाजा वितरण

वीरगंज । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा बिहीवार वीरगंजमा मुस्लिम समुदायद्वारा र्याली तथा खाजा वितरण गरिएको छ ।

इस्लाम धर्मावलम्बीहरू छपकैया, इनर्वा, गहवा, मुर्ली, नगवा, रामटोल, फुलवारीटोल, लाठगल्ली, बहुअरी, पिपरा लगायत का टोलबाट निकालिएको र्याली नगरपरिक्रमा गर्दै घण्टाघर पुगी कोणसाभामा परिणत भएको थियो।घण्टाघरमा जम्मा भएका मुस्लिम धर्मावलम्वीहरूले नेपालको राष्ट्रगान बजाएर कार्यक्रमलाई समापन गरेका थिए।

मोहम्मद डेको अवसरमा मधेस सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

हजरत मोहम्मद सनललाहो वलैहको जन्म इस्लामकी पात्रो हिजरी संवत रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ।उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबकै मदिनामा भएको थियो।पैगम्बर मोहम्मद सनललाहो वलैहको जन्मदिनमा मुस्लिम धर्मावलम्बीले विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गर्दछन् ।

मोहम्मद डे को अवसरमा हामी सबै राजनितिक पार्टी तथा सामाज सेवीहरुलाई र्यालीमा सहभागी गराई र्याली निकालेको आपसी सदभाव,सामाजिक विभेदता,भाइचारा,हामी सबै मिलेर बसे देश,सामाज,राष्ट्रको बिकासहुने भनि अलि असगर अंसारीले बताएका छन ।

मुस्लिम समुदायद्वारा यस अवसरमा गरिब निमुखा व्यक्तिलाई ५०० प्केट खाजा बितरण गरिएको छ।खाजा वितरण कार्यक्रममा शशिकपुर मिया,अलिअसगर अंसारी,शेरु मिया,शखिल अखतर,अनवर अलि,हाजिक गफार हवारी, जौहाद हवारी लगाएतका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...