2 July ,2025,Wednesday

चिकित्सक कुटपिट गर्ने दोषीलाई कारावहीको माग गर्दै डाक्टरहरुद्वारा विरोध प्रदर्शन

वीरगंज । विभिन्न स्थानहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मी माथि श्रंखलाबद्ध रुपमा आक्रमण गर्ने कार्यको वीरगंजमा समेत विरोध भएको छ । राष्ट्रिय चिकित्सक महासंघ महाराजगंजको आहवानमा वीरगंज स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आज विरोध प्रदर्शन गरेका छन् । पछिल्लो समय काठमाण्डौँ,पोखरा,मकावनपुर लगायत मुलुकका विभिन्न अस्पतालहरुमा चिकित्सक कुट्ने तथा अभद्र व्यवहार गर्ने कार्य बढ्दै हुँदा सोको विरोधमा उनीहरु सडकमा उत्रिएका हुन् ।

यसरी अस्पताल परिसरमै आएर चिकित्सक तथा स्वास्थ्यकर्मी माथि सांघातिक आक्रमण भइरहदा समेत सरकार गम्भीर नभएको भन्दै उनीहरुले गृहमन्त्रीको राजीनामा माग गरेका छन् । आफूहरुको माग सम्बोधन नभएसम्म सम्पूर्ण कार्य ठप्प गर्न पनि उनीहरुको भनाई छ । कोभिड महामारीमा स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यानको पर्वाह नगरी विरामीहरुलाई सेवा प्रदान गरेको भन्दै पछिल्लो समय अस्पतालहरुमा चिकित्सक माथि भइरहेको आक्रमणले स्वास्थ्य क्षेत्र असुरक्षित बन्दै गएको र भविष्यमा चिकीत्सकहरु पलायन हुने अवस्था आएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

उनीहरुले कार्यक्षेत्रमा सुरक्षाको प्रत्याभूती नभएसम्म आफूहरु काममा नफर्कने समेत बताएका छन् । अस्पतालका चिकित्सकहरुले विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र समेत बुझाएका छन् ।

पछिल्लो समय अस्पतालहरुमा चिकित्सक माथि भइरहेको आक्रमणले स्वास्थ्य क्षेत्र असुरक्षित बन्दै गएको र भविष्यमा चिकीत्सकहरु पलायन हुने अवस्था आएको स्वास्थ्यकर्मीहरुको गुनासो छ । उनीहरुले कार्यक्षेत्रमा सुरक्षाको प्रत्याभूती नभएसम्म आफूहरु काममा नफर्कने पनि बताएका छन्।अस्पतालका चिकित्सकहरुले विरोध प्रर्दन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र समेत बुझाएका छन् ।

 

ज्ञापन पत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विरामीको ज्यान बचाउने चिकित्सकहरु माथि नै आक्रमण गर्ने कार्य निन्दनीय रहेको र दोषी माथि कारवाही हुनुपर्ने बताए । उनले स्वास्थ्यसंस्था जस्तो संवेदनशिल क्षेत्रमा कसैले कुनै किसीमको उछृंखल गतिविधि गरेमा आफूहरु जानकारी दिन आग्रह गरे ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...