16 September ,2024,Monday

सिंघासन साह तेलीको अध्यक्षतामा जसपाको समानान्तर जिल्ला कार्यसमित गठन

 

वीरगंज । पर्सामा जनता समाजवादी पार्टी जसपा नेपालको समानान्तर समिति गठन भएको छ । वीरगंजस्थित अनमोल पार्टी प्यालेशमा जसपा सचेतक समेत रहेका पूर्व मन्त्री एवम् सांसद प्रदिप यादवको प्रमुख आतिथ्यतामा आयोजित नेता कार्यकर्ताहरुको भेलाले सिंघासन साह तेलीको अध्यक्षतामा जसपाको समानान्तर जिल्ला कार्यसमित गठन गरेको हो । तेली,बहुदरमाई नगरपालिकाका मेयर पनि हुन् ।

उक्त जिल्ला कार्यसमितिको उपाध्यक्षमा ग्यासुदिन मियाँ,अजय चौरसिया र मिथिलेश सिंह,सचिवमा उमेशलाल सहनी,सहसचिवमा सुशील साह कानु,सुनिल कुशवाहा र नुर आलम अन्सारी,कोषाध्यक्ष प्रेमकुमारी सिंह,सदस्यमा असलम आलम,अजय सर्राफ,बैजुलाल स्वर्णकार,नेक महम्मद अन्सारी,सुनिता शर्मा,सुरज मानन्धर,खैरुदिन मियाँ र प्रतिमा सिंह रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी सांसद यादवले रामनरेश यादव अध्यक्ष रहेको जिल्ला तदर्थ समितिको वैधानिकता सकिएपछि बुधबार नेता कार्यकर्ताको भेलाबाट तेलीको अध्यक्षतामा जसपाको जिल्ला कार्यसमिति पुनर्गठन गरिएको बताए ।

उनले भने,यादव अध्यक्ष रहेको समिति तदर्थ समिति थियो,उक्त तदर्थ समितिको वैधानिकता बढीमा ६ महिनामात्रै थियो । तर वर्ष बित्दासमेत तदर्थ समितले न त जिल्ला अधिवेशन गरेर नयाँ जिल्ला समिति गठन गर्न सक्यो न समितिलाई नै पुर्णता दिन सक्यो । त्यसकारण बुधबार जिल्ला कार्यसमिति पुनर्गठन गरिएको हो । यो नै वैधानिक जिल्ला कार्यसमिति हो । समानान्तर समिति होइन ।

समानान्तर जिल्ला समिति गठनले जसपा पर्सा भित्र दुई गुटबिच लामो समयदेखि चल्दै आएको विवाद छताछुल्ल भएको छ । पर्सामा गत निर्वाचनदेखि जिल्ला नेतृत्वको विषयलाई लिएर दुई गुटमा विभाजित नेताहरुबिच चर्को विवाद चल्दै आएकोमा थियो ।

पर्सामा जसपाभित्र जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, पुर्व मुख्यमन्त्री लालबाबु राउत लगायतका नेताहरुको एक गुट छ भने अर्को गुटको नेतृत्व सांसद यादवले गरिरहेका छन् । यादवको गुटमा जसपाका केन्द्रीय सदस्य समेत रहेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफले साथ दिइरहेका छन् ।

बुधबार तेलीको अध्यक्षतामा समानान्तर जिल्ला कार्यसमिति गठन भएपछि जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव र सचिव तबरेज अहमदले भने बुधबार नै अपरान्ह एक विज्ञप्ति जारी गरेर तेलीको अध्यक्षतामा गठित समिति अवैधानिक रहेको बताएका छन् ।

अध्यक्ष यादव र सचिव अहमदद्वारा संयुक्त रुपमा जारि गरिएको विज्ञप्तिमा पार्टी संगठन भताभुङ्ग पार्ने,अराजक प्रवृति र व्याक्तिवादी चिन्तन भएका, पटक पटक पार्टीको नीतिनियम विरुद्धको कार्य गर्दै आएका व्याक्तिहरुको सोचमा परिवर्तन नदेखिनु पार्टीको लागि आत्मघाती भएको टिप्पणी गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...