4 December ,2023,Monday

मनसुन लम्बियो : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

काठमाडौँ, १५ असोज : जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ ।
सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेल विभिन्न विष्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपाली मनसुन केही दिन लम्बिएको बताउनुभयो । उहाँले अझै मनसुन बाहिरिन झण्डै हप्ता दिन लाग्नसक्ने अनुमान रहेको बताउनुभयो ।
यो बेलामा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ । त्यसैले बदली छ ।
अबको केही दिन मौसम बदली हुने र ठाउँठाउँमा वर्षासमेत हुने भएकाले यो बेलामा किसानले विशेष ख्याल गर्नुपर्ने उहाँले बताउनुभयो । “अहिले धानबाली भित्र्याउने बेला हो, काटेको धान छ भने भित्राइहालौँ र काट्ने बेलाको धान छ भने नकाटौँ । दुई÷तीन दिन रहने यो प्रणालीले धान विगार्छ, खुलेपछि मात्रै काटौँ”, उहाँले रासससँग भन्नुभयो ।
उहाँका अनुसार नेपालमा पश्चिमबाट मनसुन बाहिरिन्छ भने पूर्वबाट भित्रिन्छ । अहिले नेपालको कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ । भारतको उडिसा, छत्तिसगढ, विहारलगायत क्षेत्रमा पनि मौसम बदली छ । आज देशभर जसो नै बादल लाग्ने र धुम्म हुन्छ । घाम लाग्ने सम्भावना कम छ । साँझपख कतिपय ठाउँमा वर्षा पनि हुने उहाँले बताउनुभयो ।
जल तथा मौसम विज्ञान विभागले दुई वर्ष अघि मनसुन भित्रिने समय जुन १३ र बाहिरिने समय आज अक्टोबर २ लाई अनुमान गरेको थियो । त्यसअघि भित्रिने समय जुन १० र बाहिरिने समय सेप्टेम्बर २३ थियो । हरेक १० वर्षको विष्लेषण गरेर यसरी मिति अनुमान गर्ने गरिन्छ । पछिल्लो समयमा तोकेको मितिभन्दा ढिला गरी मनसुन बाहिरिरहेको छ । मनसुन भित्रिन पनि ढिला गरिरहेको छ । यही साल पनि मनसुन एक दिन ढिला गरी भित्रिएको थियो भने बाहिरिन पनि समय लाग्ने देखिएको छ ।
यो वर्ष नेपालमा जनु १४ अर्थात् जेठ ३१ मा मनसुन भित्रिएको थियो । तर त्यसको नौ दिनपछि मात्रै असार ८ गते मनसुन देशैभरी फैलिएको थियो । शुरुमा कोसी प्रदेश, मधेश र गण्डकी प्रदेशको पूर्वी भुभाग र बागमती प्रदेशका अधिकांश भू–भागमा मनसुन आगमन भएको थियो । यसपाली मनसुनको शुरुआती समयमै पूर्वी नेपालमा भारी भारी वर्षापछिको बाढी र पहिरोले वितण्डा मच्चाउँदा ठूलो धनजनको क्षति भएको छ ।
यसपाली १२ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान थियो । मनसुनका समयमा औषतभन्दा कम पानी पर्ने आकलनसमेत गरिएको थियो । औषतभन्दा कम पानी पर्ने अनुमानका बीच केही स्थान केन्द्रित भएर मनसुनी वर्षा हुँदा भने पूर्वी र पश्चिम नेपालललगायत केही स्थानमा भने ठूलो जनधनको क्षति गराएको छ । जल तथा मौसम विज्ञान विभागले विगत १० वर्षको मनसुनी प्रणाली विष्लेषण गरेर केही वर्षअघि निकालेको निष्कर्षका आधारमा सामान्यतः मौसम बाहिरिने दिन आजलाई अनुमान गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img

पर्साका स्थानीय पालिकाको विज्ञापन

विज्ञापन

bahudar-mai-nagarpalika

0
विज्ञापन

Bindawasani-gawpalika

0
विज्ञापन

Birgunj-mahanagarpalika

0
विज्ञापन

chhipaharmai-gawpalika

0
विज्ञापन

Dhobini-gawpalika

0
विज्ञापन

jagarnathpur-gawpalika

0
विज्ञापन

jeera-bhawani-gawpalika

0
विज्ञापन

kalikamai-gawpalika

0
विज्ञापन

pakaha-mainpur

0
विज्ञापन

parsagadhi-nagarpalika

0
विज्ञापन

paterwasugawli-gawpalika

0
विज्ञापन

pokhariya-nagarpalika

0
विज्ञापन

thori-gaupalika

0

बाराका स्थानीय पालिकाको विज्ञापन

bara ad

aadarsa-kotwal-gawpalika

0
bara ad

Baragadhi

0
bara ad

bishrampur

0
bara ad

dewtal

0
bara ad

feta-gawpalika

0
bara ad

jeetpursimra-upmahanagar

0
bara ad

kalaiya-upmahanagar

0
bara ad

karaiyamai-gawpalika

0
bara ad

kolhabi-nagarplika

0
bara ad

mahagadhimai-nagarpalika

0
bara ad

nijgadh-nagrpalika

0
bara ad

pachrauta-nagarpalika

0
bara ad

parsauni-gawpalika

0
bara ad

parwanipur-gawpalika

0
bara ad

simraungadh-nagarpalika

0
bara ad

suwarn-gaupalika

0

रौतहटका स्थानीय पालिकाको विज्ञापन

rautahat ad

rajpur nagarpalika

0
rautahat ad

yamunamai gawpalika

0
rautahat ad

paroha nagarpalika

0
rautahat ad

rajdebi nagarpalika

0
rautahat ad

maulapur nagarpalika

0
rautahat ad

gujra nagarpalika

0
rautahat ad

madhav narayan nagarpalika

0
rautahat ad

katahariya nagarapalika

0
rautahat ad

garuda nagrpalika

0
rautahat ad

gaur nagarpalika

0
rautahat ad

gadhimai nagarpalika

0
rautahat ad

fatuwa bijaypur nagrpalika

0
rautahat ad

esnath nagarpalika

0
rautahat ad

durga bhagwati gawpalika

0
rautahat ad

dewahi-gonahi-nagarpalika

0
rautahat ad

chandrapur nagarpalika

0
rautahat ad

brindawan nagrapalika

0
rautahat ad

baudhimai nagarpalika

0

ताजा अपडेटस

neelambads

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...