भारत जान लागेका पाँचजना नाबालिकासहित एकजना युवक पक्राउ

वीरगंज, २६ असोज/ भारत, रक्सौल जाने तयारीमा रहेका पाँचजना नाबालिकासहित एकजना युवकलाई जिल्ला प्रहरी कार्यालय, बाराले वीरगंजको रानीसति धर्मशालाबाट पक्राउ गरेको छ ।
असोज २२ गते साँझ करैयामाई गाउँपालिका– १ हरैया गाउँबाट हराएका पाँचजना नाबालिकाहरुका अभिभावकले प्रहरीलाई जानकारी गरेपछि प्रहरीले खोजीको क्रममा उनीहरुलाई वीरगंज महानगर–६ स्थित राणीसति धर्मशालाबाट उद्धार गरिएको जिप्रका, बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक दधिराम न्यौपानले बताएका छन् ।
१३ वर्षीय एकजना, १४ वर्षीय दुईजना र १६ वर्षीय दुई जना गरी पाँचजना नाबालिकालाई रक्सौल जाने क्रममा राणी सति धर्मशालाबाट उद्धार गरिएको प्रहरीले बताएको छ । बालिकासँगै भारत, मोतीहारीका १८ वर्षीय कविकुमार पाललाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको प्रवक्ता न्यौपानेले बताए । उद्धार गरिएका पाँचैजना नाबालिकाहरुलाई प्रहरीले परिवारको जिम्मा लगाएको जिप्रका बाराले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *