बिलबिजक शंकास्पद देखिएको ६५ लाखको सामान बोकेको दुईवटा ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

वीरगंज । बिल विजक भन्दा बढीको माल सामान हार्डवेयर, औषधी तथा खुद्रा सामानहरू बोकेको दुई वटा मालबाहक ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज बाट झापातर्फ जाँदै गरेको ना १ ख ३२०१ नम्बरको मालवाहक ट्रक र वीरगंजबाट नुवाकोट तर्फ जादै गरेको ना ४ ख ११२७ नम्बरको मालवाहक ट्रकलाई वीरगंजबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम सुचना अधिकारी प्रहरी नायव उपरीक्षक डीएसपी कुमार विक्रम थापाले जानकारी दिए।

चेकजाँच गर्ने क्रममा दुईवटै ट्रकमा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा विल बिजक संकास्पद देखिएको हुँदा दुईवटै ट्रकमा अंदाजी मूल्य रू ६५ लाख बराबरको हार्डवेयर, औषधी तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको डीएसपी थापाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *