8 February ,2025,Saturday

बिलबिजक शंकास्पद देखिएको ६५ लाखको सामान बोकेको दुईवटा ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

वीरगंज । बिल विजक भन्दा बढीको माल सामान हार्डवेयर, औषधी तथा खुद्रा सामानहरू बोकेको दुई वटा मालबाहक ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज बाट झापातर्फ जाँदै गरेको ना १ ख ३२०१ नम्बरको मालवाहक ट्रक र वीरगंजबाट नुवाकोट तर्फ जादै गरेको ना ४ ख ११२७ नम्बरको मालवाहक ट्रकलाई वीरगंजबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम सुचना अधिकारी प्रहरी नायव उपरीक्षक डीएसपी कुमार विक्रम थापाले जानकारी दिए।

चेकजाँच गर्ने क्रममा दुईवटै ट्रकमा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा विल बिजक संकास्पद देखिएको हुँदा दुईवटै ट्रकमा अंदाजी मूल्य रू ६५ लाख बराबरको हार्डवेयर, औषधी तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको डीएसपी थापाले बताए ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...