पर्सा वन डिभिजनका अधिकृत रेयाज अन्सारी ठगी मुद्दामा पक्राउ

वीरगंज। डिभिजन वन कार्यालय पर्साका अधिकृत रेयाज अन्सारीलाई पर्सा प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको छ।

उनीमाथि किर्ते कागजात बनाएर सर्वसाधारण लाई ठगेको आरोपमा जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परे पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनीमाथि ठगी गरेको विषयमा उजुरी परेपछि छानविन गर्न उनलाई जिल्ला प्रशासन कार्यालय पर्सामा ल्याई छलफल गराउँदा उनी छलफलबाट फरार भएका थिए ।

छलफलबाट फरार भएका अधिकृत अन्सारीलाई ३ महिना पछि प्रहरीले पक्राउ गरेको हो।

अधिकृत अन्सारीले विश्वनाथलाई ७ लाख रुपैयाँ दिई विश्वनाथको नाममा रहेको ३ बिगाहा १० कठ्ठा जग्गा आफ्नो बहिनी सायरा खातुन र कौशल कुमार श्रीवास्तवको नाममा रोक्का गराएका थिए ।

विश्वनाथले अधिकृत अन्सारीको रकम फिर्ता गरे पनि रोक्का गरिएको जग्गा विश्वनाथलाई फिर्ता नगरे पछि जिल्ला प्रशासन कार्यालय पर्सामा विश्वनाथले निवेदन दिएका थिए ।उनको निवेदन माथि छलफल हुँदा अधिकृत अन्सारीले ठगी गरेको कुरा खुल्दै जाँदा डरले छलफलबाट फरार भएका थिए ।

यता कौशल श्रीवास्तवले उक्त जग्गा मेरो नाममा पास गरी दिने बापत अधिकृत अन्सारीले ६० लाख रकम लिएको बताए ।साथै उक्त दिएको रकम बापत अधिकृत अन्सारीले मलाई १ करोडको चेक दिएको र जग्गा पास नगरी पैसा लिएको भन्दै म माथि उल्टै मीटर व्याजको निवेदन पनि दिएको बताए ।

फरार रहेका अधिकृत अन्सारीलाई पक्राउ गरी आवश्कय छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव लमसालले बताए ।

अधिकृत अन्सारीको डिभिजन वन कार्यालय पर्साबाट सातौं तह अधिकृतमा बढुवा सिफारिस भई डिभिजन वन कार्यालय सप्तरीमा सरुवा भएकोमा उनी हालसम्म पर्साबाट रवाना नबुझी यतै कार्यरत रहेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *