बसपार्कमा पनि यात्रु सहायता कक्षको स्थापना, मेयर सिंहले गरे उध्दघाटन

वीरगंज । यात्रुहरूको सुविधालाई मध्यनजर गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंजको बसपार्माकमा पनि यात्रु सहायता कक्षको स्थापना गरेको छ ।

यो भन्दा अगाडी परवानीपुर चोक र भारतबाट नेपालको प्रवेश बिन्दु शङ्कराचार्यद्वार अगाडि यात्रु सहायता कक्ष स्थापना गरिएको थियो । नेपालीहरुको महान चाँड दशै, तिहार र छठ पर्वलाई मध्य नजर गरि बसपार्कमा स्थापना गरिएको यात्रु सहायता कक्षको एक कार्यक्रमको बिच शनिबार वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उध्दघाटन गरेका हुन् ।

नजिकिँदै गरेको चाडबाडलाई मध्यनजर गरी स्थापना गरिएको सहायता कक्षमा अपराध एवं दुर्व्यहार तथा ट्राफिक सम्बन्धी गुनासोहरु राख्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक भास्कर खतिवडाले वताए ।

साथै अन्य ट्राफिक पोष्ट तथा नेपाल प्रहरीका सम्पुर्ण कार्यालयहरुमा समेत यात्रुहरुले सहायता लिन सकिने उनले जानकारी गराए ।

जसमा बिभिन्न सचेतनाका सामग्रीहरु र भाडा दर समेत उल्लेख गरीएको छ । सहायता कक्षमा यातायात व्यवसायी संघका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, ट्राफिक र जनपद प्रहरीका कर्मचारीहरु रहने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *