2 December ,2023,Saturday

विवादित प्रमुख प्रशासकीय अधिकृत पाललाई जनप्रतिनिधिहरुले उनकै कार्यकक्षमा गरे घेराउ

कलैया (बारा), २९ असोज । बाराको सुवर्ण गाउँपालिकाका जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिकृत वकिल पाललाई उनकै कार्यकक्षमा घेराउ गरेका छन् । सुवर्ण गाउँपालिका उपाध्यक्ष पुनम कुमारीको अगुवाईमा पाँचजना वडाअध्यक्ष र तीनजना कार्यपालिका सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृत पालकै कार्यकक्षमा करिब चार घण्टा सम्म घेराउ गरेका हुन् ।

आव २०८० र ०८१ को गाउँसभाबाट पारित भएको निणर्यको प्रमाणित प्रतिलिपी, रेडबुकको प्रमाणित प्रतिलिपी र बैठकबाट निणर्य भएको इन्धन खर्चको विवरण पटक पटक माग गर्दा प्रमुख प्रशासकीय अधिकृत पालले दिन नमानेपछि उनलाई घेराउ गरिएको हो । गाउँसभाबाट पारित भएका ति निणर्यहरुको प्रमाणित प्रतिलिपी नदिएपछि असोज २३ गते उपाध्यक्षकै नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाइएको थियो तर प्रशासन कार्यालयबाट केही चासो नदिएपछि सोमबार प्रमुख प्रशासकीय अधिकृत पाललाई उनकै कार्यकक्षमा घेराउ गरिएको बताइएको छ ।

अधिकृत पालले आफ्नो मनोमानी रुपमा कार्यालय संचालन गर्न खोज्दा जनप्रतिनिधिहरुले उनले गरेको कामको विवरण सहित कार्यपालिका बैठकबाट भएको निणर्य माग गरेको थियो । अधिकृत पाल जुन गाउँपालिकामा गएपनि विवादमा पर्दै आएका छन् । गाउँपालिकामा विवाद उत्पन्न भई अधिकृतलाई जनप्रतिनिधिहरुले उनकै कार्यकक्षमा घेराउ गरेपछि जिल्ला प्रहरी कार्यालय कलैयाबाट गएको प्रहरी टोलीले विवादलाई साम्य पारेको थियो भने विवादलाई टुङ्गोमा लगाउन प्रहरीले छलफल गराई रहेको बताइएको छ ।

अधिकृत पाल राजनीति संरक्षणमा पालिकामा खुलेयाम भ्रष्टाचारीगर्ने गरेको जनप्रतिनिधिहरु को गुनासो छ । जनप्रतिनिधिहरुलाई पाखा लगाई मनोमानी रुपमा पालिका संचालन गर्न खोजेपछि अधिकृत पाल जुन पालिकामा गएपनि विवादमा पर्ने गरेका छन् । यो भन्दा पहिला त्यही पालिकाबाट विवादमा परि अन्यत्र सरुवा भएका पाल पुनः त्यही पालिकामा सरुवा गराएर आएका हुन् । त्यो भन्दा अगाडि पनि बारागढी गाउँपालिकामा गएपछि विवाद उत्पन्न भएको थियो । त्यस पश्चात जबरजस्ती हाजिर भएपनि दुई हप्ता नवित्दै पुनः उनको अर्को पालिकामा सरुवा भएको थियो ।

विवादित अधिकृतको रुपमा चिनिने पाल कार्यदक्षतामा पनि फितलो छन् । पालिकाको प्रत्येक बजेटमा कमिशन लिएर मात्रै काम गर्नमा माहिर मानिएका अधिकृत पाल सधैं विवादमा पर्दै आएका छन् तर पनि कारवाही गर्ने निकाय नै संरक्षण गर्दै आएको छ । जसले गर्दा भ्रष्टाचार गर्नमा उनको मनोबल झन बढ्दै गएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img

पर्साका स्थानीय पालिकाको विज्ञापन

विज्ञापन

bahudar-mai-nagarpalika

0
विज्ञापन

Bindawasani-gawpalika

0
विज्ञापन

Birgunj-mahanagarpalika

0
विज्ञापन

chhipaharmai-gawpalika

0
विज्ञापन

Dhobini-gawpalika

0
विज्ञापन

jagarnathpur-gawpalika

0
विज्ञापन

jeera-bhawani-gawpalika

0
विज्ञापन

kalikamai-gawpalika

0
विज्ञापन

pakaha-mainpur

0
विज्ञापन

parsagadhi-nagarpalika

0
विज्ञापन

paterwasugawli-gawpalika

0
विज्ञापन

pokhariya-nagarpalika

0
विज्ञापन

thori-gaupalika

0

बाराका स्थानीय पालिकाको विज्ञापन

bara ad

aadarsa-kotwal-gawpalika

0
bara ad

Baragadhi

0
bara ad

bishrampur

0
bara ad

dewtal

0
bara ad

feta-gawpalika

0
bara ad

jeetpursimra-upmahanagar

0
bara ad

kalaiya-upmahanagar

0
bara ad

karaiyamai-gawpalika

0
bara ad

kolhabi-nagarplika

0
bara ad

mahagadhimai-nagarpalika

0
bara ad

nijgadh-nagrpalika

0
bara ad

pachrauta-nagarpalika

0
bara ad

parsauni-gawpalika

0
bara ad

parwanipur-gawpalika

0
bara ad

simraungadh-nagarpalika

0
bara ad

suwarn-gaupalika

0

रौतहटका स्थानीय पालिकाको विज्ञापन

rautahat ad

rajpur nagarpalika

0
rautahat ad

yamunamai gawpalika

0
rautahat ad

paroha nagarpalika

0
rautahat ad

rajdebi nagarpalika

0
rautahat ad

maulapur nagarpalika

0
rautahat ad

gujra nagarpalika

0
rautahat ad

madhav narayan nagarpalika

0
rautahat ad

katahariya nagarapalika

0
rautahat ad

garuda nagrpalika

0
rautahat ad

gaur nagarpalika

0
rautahat ad

gadhimai nagarpalika

0
rautahat ad

fatuwa bijaypur nagrpalika

0
rautahat ad

esnath nagarpalika

0
rautahat ad

durga bhagwati gawpalika

0
rautahat ad

dewahi-gonahi-nagarpalika

0
rautahat ad

chandrapur nagarpalika

0
rautahat ad

brindawan nagrapalika

0
rautahat ad

baudhimai nagarpalika

0

ताजा अपडेटस

neelambads

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...