20 January ,2025,Monday

पर्सामा पनि मनाइयो ‘ ६८ औँ प्रहरी दिवस ’

वीरगंज,असोज ३० । ‘६८ औँ प्रहरी दिवस २०८०’ वीरगंजमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार दिवङ्गत प्रहरीहरूलाई श्रद्धाञ्जली दिनुका साथै विविध कार्यक्रमको आयोजना गरी ‘६८ औँ प्रहरी दिवस २०८०’ मनाएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा पर्साका प्रहरी उपरीक्षक कोमल विक्रम शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अमर प्रहरीका परिवारहरूलाई दोशल्ला ओढाई सम्मान गरेका थिए भने उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत समेत गरिएको थियो ।

कार्यक्रममै प्रमुख जिल्ला अधिकारी रेग्मीले प्रहरी सङ्गठनलाई सहयोग गर्ने तथा विभिन्न कार्यक्रमहरू मार्फत प्रहरीसँग सहकार्य गर्ने संस्थाका पदाधिकारी तथा व्यक्तिहरूलाई पनि कदर तथा प्रशंसा पत्रहरू प्रदान गरेका थिए ।

कार्यक्रममा पर्सा प्रहरीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले प्रहरी महानिरीक्षकको शुभकामना सन्देश वाचन गरेका थिए ।

कार्यक्रममा पूर्व प्रहरी सङ्गठन पर्साका अध्यक्ष पूर्व प्रहरी निरीक्षक दान बहादुर राना, पूर्व प्रहरी कर्मचारी परिषद् नेपालका अध्यक्ष पूर्व प्रहरी निरीक्षक ललन राउत कर्मी, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...