18 January ,2025,Saturday

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

५ कार्तिक २०८०, आईतवार रौतहट ।
पूर्व पश्चिमराजमार्गसँग जोडिएको चन्द्रपुर नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको छ । अरु २ जना घाइते भएका छन् । उद्धार गर्न गएका २ प्रहरीलाई समेत चोटपटक लागेको छ।
चन्द्रपुर–५ स्थित राजपैडाकी ५५ वर्षीया मनिया धामीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताए । शनिबार साँझ घाँस लिन चाँदी खोला पारी रामलाल वृन्दावन साझेदारी वनमा गएकी धामीको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको मिश्रले जानकारी दिए ।
उनीसँगै घाँस लिन गएकी ५३ वर्षीय अघनिया देवी चौधरी र ६० वर्षीय पनावती देवी घाइते भएकी छन् । आज बिहान मात्र सेना प्रहरी वन कर्मचारी र स्थानीयको सहयोगमा मृतक महिलाको शव वरामद गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनगाहपुरका प्रमुख डिएसपी एकनारायण कोइरालाले बताए ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...