15 May ,2025,Thursday

spot_img
spot_img
spot_img
spot_img

वीरगंज पब्लिक कलेजको भवनबाट छात्रले हाम फाले

वीरगंज, १५ कात्तिक ।
वीरगञ्ज पब्लिक कलेज (बिपिसी) मा अध्ययनरत एक छात्रले क्याम्पसकै भवनबाट हाम फालेर आत्महत्याको असफल प्रयास गरेका छन् ।
कलेजको कक्षा १२ मा अध्ययनरत करिब १८ वर्षीय युवक राजीव महतोले बुधवार बिहान ७ बजेको करिबमा क्याम्पसको तेस्रो तल्लाबाट हाम फालेर आत्महत्याको प्रयास गरेको बुझिएको छ ।
बाराको विश्रामपुर गाउँँपालिका – ५ नकटुवा निवासी महतोको अहिले वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले जानकारी दिए ।
एसपी शाहका अनुसार महतोको खुट्टा भाँच्चिएको छ भने उनको चिउँडो र हातमापनि गम्भीर चोट लागेको छ । यद्यपि उनी अहिले खतरामुक्त छन् ।
क्याम्पस प्रमुख हरि तुलाधरका अनुसार छिमेकी एक महिलाले बिहान क्याम्पस भवन पछाडिको खाली जग्गामा महतो लडेको अवस्थामा देखेर शिक्षक र विद्यार्थीहरूलाई खबर गरेकी थिइन् । त्यसपछि क्याम्पसका विद्यार्थी र कर्मचारीले महतोलाई उद्धार गरी नजिकको प्रभु अस्पतालमा पुर्रुयाएका थिए ।
प्रभु अस्पतालमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि बयोधा अस्पतालमा ल्याइएको तुलाधरले जानकारी दिए । महतो अहिले खतरामुक्त रहेको उनले बताए ।
महतोले किन र कसरी हाम फालेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको एसपी शाहले बताए । पारिवारिक समस्याका कारण उनले आत्महत्याको प्रयास गरेको हुनसक्ने स्रोतको भनाई छ ।
प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...