6 December ,2023,Wednesday

नारायणी अस्पतालमा सस्तो मूल्यमा एमआरआई सेवा शुरू

वीरगंज, १५ कात्तिक ।
वीरगञ्जको नारायणी अस्पतालमा एमआरआई मेसिन जडान गरिएको करिब ६ महिनापछि सेवा सञ्चालनमा आएको छ ।
नारायणी अस्पतालले गत चैत महिनामै ३० करोड रुपियाँँमा खरिद गरी एमआरआई मेसिन ल्याएको थियो । यद्यपि प्राविधिक कारणवश मेसिन सञ्चालनमा ल्याउन नसक्दा जडान गरेर पनि प्रयोगविहीन अवस्थामा राखिएको थियो ।
गत असोज १३ गते अस्पतालको १ सय ३१ औँ स्थापना दिवसमा सङघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले एमआरआई मेसिनको उदघाटन समेत गरेका थिए । तर प्राविधिक कारणले मेसिन अस्पतालले सञ्चालनमा ल्याउन सकेको थिएन ।
मङ्गलवारदेखि एमआरआई मेसिन सञ्चालनमा ल्याइ अस्पतालमा पहिलो पटक एमआरआई सेवा शुरू गरिएको अस्पतालका सूचना अधिकारी डाक्टर उदयनारायण सिंहले बताए । पहिलो दिन दुर्ई जना बिरामीको एमआरआई गरिएको जानकारी उनले दिए ।
नारायणी अस्पतालमा जडान गरी सञ्चालनमा ल्याइएको एमआरआई मेसिन नेपालभरमै उत्कृष्ट र अद्यावधिक मानिएको ७६ च्यानल र थ्री टेस्लाको रहेको उनले बताए । आन्तरिक परीक्षण र विशेषज्ञको टोलीले विशेष तालिम लिएपश्चात मङ्गलवारदेखि एमआरआई मेसिन पूर्ण रूपमा सञ्चालनमा आएको उनले बताए ।
डाक्टर सिंहले भने, ‘विगतमा पावर ब्याक अपको समस्या र केही प्राविधिक कारणले गर्दा मेसिन जडान गरेर पनि सञ्चालनमा ल्याउन सकेका थिएनौँ । जसका कारण अनेक आलोचना पनि भएको थियो ।’
एमआरआई मेसिन चलाउनका लागि आवश्यक विद्युतीय ऊर्जा अस्पतालमा नहुँदा भाडामा पाँच सय केभिएको जेनरेटर ल्याएर एमआरआई सेवा शुरू गर्नु परेको उनले बताए । उनले भने, ‘अस्पतालमा २०० केभिएको मात्र जेनरेटर थियो । तर एमआरआई मेसिन चलाउन पाँच सय केभिएको जेनरेटर चाहिन्छ तर त्यो अस्पतालमा उपलब्ध थिएन । त्यसैले भाडामा ५०० केभिएको जेनरेटर ल्याएर एमआरआई मेसिन चलाएका हौँ ।’
डाक्टर सिंहले अहिले भाडामा जेनरेटर ल्याएर तत्कालका लागि काम चलाइए पनि अस्पताल आफैँले पाँच सय केभिए क्षमताको नयाँ जेनरेटर खरिदका लागि सङघ र प्रदेशका स्वास्थ्य मन्त्रालयसँग बजेटको माग गरिसकेको जानकारी पनि गराए ।
सिंहका अनुसार बजेटका लागि अस्पताल प्रशासनले सङघ र प्रदेशका स्वास्थ्य मन्त्रालयमा गत साउनमै पत्राचार गरिसकेको छ । सिंह भन्छन्, ‘सधैँभरि भाडाको जेनरेटरले चलाउने अवस्था रहन सक्दैन, त्यस कारण मन्त्रालयमा बजेटको माग गरिसकेका छौँ ।’
नारायणी अस्पतालमा शुरू गरिएको एमआरआई सेवाको शुल्क बजारका निजी अस्पतालका भन्दा निक्कै सस्तो रहेको सिंहले बताए । उनले भने, ‘निजी अस्पतालमा एमआरआई गर्दा १२ देखि १५ हजार रुपियाँँ शुल्क लाग्छ । तर हामीले अस्पतालमा यो सेवाको शुल्क ८ हजार रुपियाँँ मात्रै तोकेका छौँ ।’ यसले विशेष गरी गरिब तथा विपन्न बिरामीलाई ठूलो राहत पुग्ने उनको विश्वास छ ।
यसअघि अस्पतालमा एमआरआई सेवा उपलब्ध नहुँदा बिरामीलाई बाहिरका निजी अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेकोमा अब भने त्यो बाध्यताको अन्त्य भएको पनि उनले बताए । दैनिक ८ देखि १० जना बिरामीको एमआरआई गर्न सकिने पनि उनले जानकारी दिए ।
मधेस प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल नारायणी अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरीका साथै मकवानपुर तथा छिमेकी मुलुक भारतको बिहारबाट पनि बिरामीहरू उपचारका लागि अस्पतालमा आउने गरेको डाक्टर सिंहले बताए ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img

पर्साका स्थानीय पालिकाको विज्ञापन

विज्ञापन

bahudar-mai-nagarpalika

0
विज्ञापन

Bindawasani-gawpalika

0
विज्ञापन

Birgunj-mahanagarpalika

0
विज्ञापन

chhipaharmai-gawpalika

0
विज्ञापन

Dhobini-gawpalika

0
विज्ञापन

jagarnathpur-gawpalika

0
विज्ञापन

jeera-bhawani-gawpalika

0
विज्ञापन

kalikamai-gawpalika

0
विज्ञापन

pakaha-mainpur

0
विज्ञापन

parsagadhi-nagarpalika

0
विज्ञापन

paterwasugawli-gawpalika

0
विज्ञापन

pokhariya-nagarpalika

0
विज्ञापन

thori-gaupalika

0

बाराका स्थानीय पालिकाको विज्ञापन

bara ad

aadarsa-kotwal-gawpalika

0
bara ad

Baragadhi

0
bara ad

bishrampur

0
bara ad

dewtal

0
bara ad

feta-gawpalika

0
bara ad

jeetpursimra-upmahanagar

0
bara ad

kalaiya-upmahanagar

0
bara ad

karaiyamai-gawpalika

0
bara ad

kolhabi-nagarplika

0
bara ad

mahagadhimai-nagarpalika

0
bara ad

nijgadh-nagrpalika

0
bara ad

pachrauta-nagarpalika

0
bara ad

parsauni-gawpalika

0
bara ad

parwanipur-gawpalika

0
bara ad

simraungadh-nagarpalika

0
bara ad

suwarn-gaupalika

0

रौतहटका स्थानीय पालिकाको विज्ञापन

rautahat ad

rajpur nagarpalika

0
rautahat ad

yamunamai gawpalika

0
rautahat ad

paroha nagarpalika

0
rautahat ad

rajdebi nagarpalika

0
rautahat ad

maulapur nagarpalika

0
rautahat ad

gujra nagarpalika

0
rautahat ad

madhav narayan nagarpalika

0
rautahat ad

katahariya nagarapalika

0
rautahat ad

garuda nagrpalika

0
rautahat ad

gaur nagarpalika

0
rautahat ad

gadhimai nagarpalika

0
rautahat ad

fatuwa bijaypur nagrpalika

0
rautahat ad

esnath nagarpalika

0
rautahat ad

durga bhagwati gawpalika

0
rautahat ad

dewahi-gonahi-nagarpalika

0
rautahat ad

chandrapur nagarpalika

0
rautahat ad

brindawan nagrapalika

0
rautahat ad

baudhimai nagarpalika

0

ताजा अपडेटस

neelambads

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...