7 July ,2025,Monday

सर्राफ हत्याकाण्डमा शुटरसहित पाँचजना बारा प्रहरीद्वारा सार्वजनिक

बारा, १५ कात्तिक ।
कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रूपेश सर्राफको हत्यामा आठ जना व्यक्ति प्रत्यक्ष संलग्न रहेकामध्ये प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
कलैया भरतचोक नजिकै सोमवार दिउँसो निजी विद्यालयका सञ्चालक सर्राफको हत्यामा संलग्न ५ जनालाई बुधवार बारा प्रहरीले सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा कलैया उपमहानगर पालिका २ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह रहेकोे प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।
मुख्य अभियुक्त एवम् योजनाकार मनोज गुप्ता भने, भारतमा फरार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफले अनुसार सर्राफ हत्या प्रकरण एक महिलाको रिसइवीका कारण हुन पुगेको हो । सर्राफलाई गोली हान्ने व्यक्ति पेशेबर सुटर रहेको पनि प्रहरीले जनाएको छ ।
प्रहरीले हत्यामा प्रत्यक्ष संलग्नता ८ जनाको भएपनि पाँच जना मानिस अनुसन्धानको दायरामा आएको र थप मानिसहरूसँग पनि सोधपुछको कार्य भइरहेको जनाएको छ ।
‘विशेषगरी यो घटनामा ८ जना व्यक्ति प्रत्यक्ष संलग्न भएको देखिएको छ । त्यसमध्येका पाँच जना पक्राउ परेका छन् । बाँकीको खोजतलास भइरहेको छ’, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक काफ्लेले भने, ‘घटना हुनुमा महिलासँगको सम्बन्धको रिसइवी देखिन्छ ।’
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...