घटनाहरू पुन: नदोहोरिने प्रतिबद्धता पछि आईतबार देखि बिन्दबासिनी गापा खुल्ने 

वीरगंज, १८ कार्तिक । पर्साको बिन्दबासिनी गाउँपालिकाका वडा अध्यक्षहरुले आन्दोलनरत कर्मचारीहरुलाई आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिई पालिकाको दिनचर्यामा फर्किन आग्रह गर्दै यस्तो घटनाहरू पुन: नदोहोरिने प्रतिबद्धता जनाए पछि आईतबार देखि पालिका खुल्ने भएको छ ।
मिति २०८०।०६।३० गते शिक्षा शाखा प्रमुख र प्रधानाध्यापकहरु माथि वडाअध्यक्षहरुद्धारा गरिएको दुर्व्यवहारका कारण गाउँपालिका अन्तर्गतका कर्मचारीहरु आन्दोलित भई गाउँपालिका मातहतका कार्यालयहरुको सम्पूर्ण सेवा प्रवाह बन्द रहेको थियो ।

गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीको अध्यक्षतामा आन्दोलनरत्त कर्मचारीहरु, शिक्षक महासंघ प्रतिनिधिहरु, प्रधानाध्यापक प्रतिनिधिहरु र सम्पूर्ण वडाका वडाअध्यक्षहरु बैठक बसी अगामी दिनमा यस्तो किसिमका घटनाहरु पुनः नदोहोरिने प्रतिबद्धता पश्चात आन्दोलन फिर्ता भएको प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले बताए । साथै मिति २०८०।०७।१९ गते आईतबार देखी नियमित रुपमा गाउँपालिका तथा मातहतका सम्पुर्ण कार्यालयहरु संचालन हुने जानकारी गराए ।

कर्मचारीहरुको आन्दोलनले गाउँपालिका अस्तव्यस्त हुन पुगेकोले वडा अध्यक्षहरुले पालिका खोल्न र कामकाजमा फर्किन कर्मचारीहरूलाई आग्रह गरेका थिए ।

अध्यक्ष तिवारीको संयोजकत्वमा भएको वार्तामा वडा अध्यक्ष अच्छेलाल महतो, मुक्ति राउत कुर्मी, जयप्रकाश चौरसिया, अनोज कुमार चौरसिया, मोहन यादव, लेखा प्रमुख मिथलेश कुशवाहा, शिक्षा शाखा प्रमुख कपिल लामिछाने, प्रधानध्यापक नन्दु प्रसाद यादव, मुकलेश राउत गदी लगायतको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *