16 July ,2024,Tuesday

बङ्लादेशमा न्यूनतम आधारभूत तलबको माग गरी दशौँ हजार श्रमिक आन्दोलनमा

शनिबार, कार्तिक १८, २०८०
एजेन्सी । बङ्लादेशमा न्यूनतम आधारभूत तलबको माग गरी दशौँ हजार श्रमिक आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण ढाका र आसपासका क्षेत्रमा झण्डै तीन सय गार्मेन्ट कारखानाहरू बन्द भएका छन् ।

श्रमिक आन्दोलन कारण राजधानी ढाका र आसपासका प्रमुख औद्योगिक क्षेत्रमा सुरक्षाका लागि अर्धसैनिक बल बोर्डर गार्ड बङ्लादेश ९बीजीबी० का सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बीजीबी मुख्यालयका जनसम्पर्क अधिकृत सरिफुल इस्लामका अनुसार आशुलिया, सावर, मिरपुर, रामपुरा, अब्दुल्लाहपुर, तोङ्गी, गाजीपुर, कोनाबारीलगायत विभिन्न औद्योगिक क्षेत्रमा सेना तैनाथ गरिएको छ ।

मासिक २३ हजार टाका अर्थात् झण्डै दुई सय अमेरिकी डलर न्यूनतम आधारभूत तलबको माग गर्दै श्रमिकले विगत केही दिनदेखि प्रदर्शन गरिरहेका छन् ।

ढाकाका तयारी पोसाक उत्पादकहरूले उच्च तलब संरचनासहितको नयाँ ज्याला प्रस्तावलाई अर्को हप्ता न्यूनतम ज्याला बोर्डमा पठाउनेबारे विचार गरिरहेको बताएका समाचार संस्था एएफपीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...