वीरगंज, २८ कार्तिक । नेपाल र भारतका चर्चित कुश्तीबाजहरु द्धारा विराट कुश्ती दंगल प्रतियोगिता हुने संयोजक यादवले बताएका छन ।
मंगलबार वीरगंजमा पत्रकार सम्मेलन गरेर आयोजकले विराट कुश्ती दंगल प्रतियोगिताबारे जानकारी गराएको हो । मधेसको पहिचान र संस्कृतिका रुपमा परिचित कुश्ती खेल प्रति नयाँ पिंढीलाई आकर्षित गर्न र उत्साह बढाउन कुश्ती दंगल आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक महावीर प्रसाद यादवले बताए ।
आउँदो मंसिर ४ र ५ गते वीरगंज १४ गण्डकको बहुअरीमा बिराट कुस्ती दंगल प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ । दुई दिनसम्म चल्ने कुस्ती प्रतियोगितमा नेपाल र भारत गरी करिब अढाइ सय जना कुस्तीबाजहरुले भाग लिइरहेको आयोजक समितिले जनाएको छ ।
नेपालका चर्चित कुश्तीबाज देवा थापा, महावीर थापा, केशव बाबा सहित पर्सा, बारा, नवलपरासी लगायतका जिल्लाका कुश्तीबाजहरुले दंगलमा भाग लिने यादवले बताए।
यस्तै भारतको हरियाणा, दिल्ली, बनारस, गोरखपुर, कलकत्ता र पानीपथका कुश्तीबाजहरुले पनि दंगलमा भाग लिने पत्रकार सम्मेलनमा बाराका कुश्तीबाज पन्नालाल कुर्मीले जानकारी गराए ।
मंसिर ४ गतेहुने कुश्ती दंगलको समुद्घाटन राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गर्ने संयोजक यादवले बताए। कुश्ती दंगलको आयोजनामा करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको यादवले बताए ।
पत्रकार सम्मेलनमा राप्रपाका सहमहामन्त्री मोहन यादव, हरिओम पटेल, पूरन प्रसाद यादव, छोटेलाल प्रसाद कुर्मी लगायतका उपस्थिती रहेको थियो ।