8 February ,2025,Saturday

दुई मोटरसाइकल ठोक्किदा लडेका व्यक्तिलाई बसले किच्यो

जनकपुरधाम १७ मंसिर । सर्लाहीमा दुर्ईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । घटनास्थलमै मृत्यु भएका अन्दाजी ३५ वर्षीय पुरूषको सनाखत हुन सकेको छैन ।
शनिवार साँझ करिब ७ बजेको समयमा पूर्वपश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका ४ पुरानो चौकी नजिक प्र २ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । प्र २ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकलबाट लडेका व्यक्तिलाई मलंगवाबाट काठमाडौं तर्पm जाँदै गरेको ना ७ ख १८३६ नम्बरको बसले किचेको थियो । उनको घटनास्थलमै मृत्यु भएको र मोटरसाइकल चालक भागेकाले मृतकको पहिचान हुन नसकेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र सिंह पञ्जियारले बताए । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।
दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान गरिरहेको डिएसपी थारूले बताए ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...