8 February ,2025,Saturday

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

काठमाडौं, २३ मंसिर । घना बस्ती भएको प्राचीन ऐतिहासिक धार्मिक स्थल काठमाडौं शहरमा हिजो आज प्रदूषित खोलानालाको प्रदूषित पानीको दुर्गन्धले रहन बस्न नै नसक्ने भएको छ, लगातार गन्हाएको छ।
काठमाडौंभित्र बग्ने खोला बागमती विष्णुमती इच्छामती टुकुचा धोबी खोला बल्खु खोला लगायत सबै खोलाबाट दुर्गन्ध फैलिएको छ पानी र हावा प्रदूषणले चर्चित बन्दै गएको काठमाडौंका मेयर बालेन शाहलाई गम्भीर चुनौती दिएको छ। महानगरपालिकाको प्रमुख कार्य भनेकै नगरलाई सफा सुगर दुर्गन्ध रहित प्रदूषण रहित स्वच्छ हावा हराभरा राख्नु हो। यो यतिखेर असम्भव साबित भएको छ।
प्रमुख पर्यटकीय नगर विश्वकै पर्यटकहरूको ओहोरदोहोर हुने मन्दिरै मन्दिर रहेको काठमाडौं पाटन शहर यतिखेर अति दुर्गन्धित हुँदा बसोबासी पर्यटक सबैको टाउको दुखाई चिन्ता र चासोको विषय बन्न पुगेको छ। हावा पानी राख्ने प्रयास गर्ने दुर्ईमध्ये एक रोज्नुपर्ने भएको छ दुर्गन्धरहित काठमाडौंको वातावरण राख्न ठूलो धनराशि खर्च गर्नुपर्ने हुन्छ। महानगरपालिका र सरकारसँग त्यसका लागि बजेट र विकल्प छैन।
काठमाडौं भित्रका पानी बग्ने सबै खोला ढलमती बनेका छन। सार्वजनिक र घरका सबै दिशा पिसाब र फोहोर महिला खोलामा फाल्ने प्रचलन बढ्दै गएको छ घटेको छैन खोला हेर्दा अति घिनलाग्दो फोहर छ।
दुर्गन्धित पानी बाहेक केही बगेको छैन। वर्षाको दुर्ई तीन महिना खोलाबाट दुर्गन्ध नआए पनि बाँकी महिना सधैंभरि दुर्गन्ध फैलिने गरेको छ जथाभावी फोहोर पानी खोलामा मिसाउँदा यो दुःखद समस्या देखा परिरहेको छ वातावरण विभाग र काठमाडौं महानगरपालिकाले अभिलम्ब दुर्गन्ध हटाउन पहल गर्नुपर्छ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...