19 January ,2025,Sunday

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा आँगन खेतवारी जताततै भन्किरहने लामखुट्टेको आतंक बढेको छ । तराई मधेसका जिल्लाहरूमा केही दिनदेखि लामखुटेको संख्या निकै बढेको छ। दिनरात लामखुटेको टोकाईबाट सताउँदै आएका तराईबासीले अहिले लामखुटेले टोकाइबाट आजीत भएका छन् ।
डेङ्गु रोग सार्ने लामखुटेको टोकाईबाट बच्नै पर्छ। लामखुटे मानिस गाईवस्तुको शत्रु नै हो । प्रकोपबाट बच्न नियन्त्रण गर्न वीरगंज महानगरपालिकाले कहिलेकाहीँ मच्छर विरूद्ध औषधि छरे पनि मच्छर नियन्त्रण भए पनि निर्मूल भने हुँदैन। फोहर पानी र फोहोर क्षेत्र भएको ठाउँमा केही मच्छर लाग्दछ। मच्छरको प्रजनन फोहर पानीमै हुन्छ मच्छरबाट बच्न तराईका अधिकांश गरिबका घरमा कस्ने झुल र मच्छर हटाउने धुप हुँदैन। मच्छरको टोकाइबाट रोग पनि गरिब परिवारहरूलाई नै बढी सर्ने गरेको छ। अति ठन्डी र अति गर्मीमा मच्छर टिक्न सक्दैन भनिन्छ। न गर्मी न ठन्डी मच्छर लाग्नका लागि अति अनुकुलित वातावरण हो। हिमालमा समेत मौसम परिवर्तन जलवायु परिवर्तनका कारण मच्छर लाग्ने गरेको समाचार पढ्न पाइएको छ। मच्छर नियन्त्रणका लागि नानाथरिका झुल र धुप बनेका छन।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...