18 January ,2025,Saturday

शान्ति सुरक्षा, अमनचयन कायम गर्छु– प्रजिअ भुसाल

वीरगंज, ११ पुस/
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले पर्सावासीको शान्ति सुरक्षा तथा अमनचैन कायम राख्न कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
वीरगंज उद्योग वाणिज्य सङ्घले उनको आगमनमा बुधवार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रजिअ भुसालले वीरगंज आर्थिक नगर भएकोले यसको महत्व र उपादेयतालाई मध्यनजर गर्दै उद्योग, व्यापारको विकास र प्रवद्र्धनका क्षेत्रमा आफ्नो सक्रिय भूमिका रहने बताए ।
उनले जिल्लाको समग्र शान्ति सुरक्षा व्यवस्था मिलाउने पनि बताए । प्रजिअ भुसालले जिल्लाको सरकारी कार्यालयलगायत सम्पूर्ण सेवाहरूमा सुशासन प्रवद्र्धन गर्ने, सीमावर्ती क्षेत्रमा हुने गैरकानूनी आर्थिक क्रियाकलाप नियन्त्रण गर्ने, जिल्लाको विकास निर्माणमा भइरहेका ढिलाइ अन्त्य गरेर विकास निर्माणका कार्य अगाडि बढाउने बताए ।
सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले वीरगंजलगायत पर्सा जिल्लामा शान्ति सुव्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने बताए । उनले सीमा सुरक्षा अधिकारीहरूको बैठकले प्रभावकारी निर्णय गर्ने हुँदा सोलाई निरन्तरता दिनुपर्ने, नगरको सुरशान्ति सुरक्षा, अमनचयन कायम गर्छु– प्रजिअ भुसालमा सिसिटिभी क्यामराको प्रभावकारी भूमिका भएकोले यो परियोजनाको लागि सरोकारवाला निकायसँग समन्वय गरेर चुस्तदुरुस्त गर्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा नेउवा महासङ्घका सदस्य सुबोधकुमार गुप्ताले आर्थिक महत्व बोकेको वीरगंजका चुनौती तथा उद्योगी व्यवसायीहरूले भोगिरहेको समस्याबारे अवगत गराएका थिए ।
कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्षद्वय माधव राजपाल र मनोजकुमार दास, पूर्व अध्यक्ष अशोककुमार वैद, महासचिव आशीषकुमार लाठ, सचिवद्वय प्रेमचन्द्र गोयल र सुशान्त चाचानलगायतको सहभागिता थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...