spot_img

10 February ,2026,Tuesday

भारतीय प्रहरीको सहयोगमा रौतहट प्रहरीद्वारा छजना अपहणकर्ता पक्राउ

रौतहट, १२ पुस/ भारतीय प्रहरीको सहयोगमा रौतहट प्रहरीले छजना अपहणकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी देश भारतको जिल्ला सीतामाढी थाना डुम्रा मेहसोल वडा नं. २७ बस्ने मो. अकबर, सोही ठाउँ बस्ने मो. नईम, वर्ष ३० को कौसर अली, वर्ष २० को मो. सदाब, वर्ष २७ को मो.इरशाद र टन्डसपुर वडा न ३ बस्ने रामनरेश कुमार रहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।
पुस ५ गते बिहान १०ः३० बजे जिल्ला चितवन भरतपुर महानगरपालिका–१९ हुलाक चोक बस्ने वर्ष ४० को कृष्ण थापा र ऐ. रत्ननगर न. पा. वडा नं १२ जीरौना बस्ने अ.वर्ष ३५ को दिपेन्द्र महतसमेत मोटरसाइकलमा रौतहटको चन्द्रपुर जान्छु भनी हिडेकोमा पुस ७ गते बेलुका निज कृष्ण थापाले आप्mनो फेसबूक आइडीबाट म अपहरणमा परें रु छ लाख फिरौती माग गरेको छ भनी पत्नीलाई म्यासेन्जरमा कल गरेको भन्ने जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनमा सूचना प्राप्त भएको थियो ।
उक्त सूचना जिप्रका रौतहटमा प्राप्त भई अपहरणमा परेका मानिसहरू सीमावर्ती भारतीय इलाकामा हुन सक्ने सम्भावना रहेकोले प्रहरी टोलीले भारतीय प्रहरीसँग सहयोग तथा समन्वय गरी अप्रेशन सञ्चालन गर्दा पुस १० गते सीतामढी डुम्रा थानाबाट खटेको भारतीय प्रहरीद्वारा अपहरणमा परेका कृष्ण थापा र दीपेन्द्र महतसमेतलाई सकुशल उद्धार गरेको र अपहरणमा संलग्न छजना पुरुषलाई पक्राउ गरेको जिप्रका रौतहटका सूचना अधिकारी एलिजा गिरीले बताएकी छन् ।
पीडितबाट भारतीय सीतामढी प्रहरीले अपहरण तथा शरीर बन्धक शीर्षकमा जाहेरी दरखास्त लिई थप अनुसन्धान कार्य अगाडि बढाएको, पीडीतहरू सीमावर्ती इलाकामा आई जिप्रकामा सम्पर्क गरेको र निज पीडितहरूलाई प्रहरी कार्यालयमा ल्याई प्रारम्भिक स्वास्थ्य परीक्षणपश्चात् आफन्तको जिम्मा लगाएको अन्य अनुसन्धान कार्य जारी रहेको सूचना अधिकारी गिरीले बताएकी छिन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल