16 September ,2024,Monday

वीरगंजमा माघी महोत्सव भव्यरुपमा मनाउने तयारी

वीरगंज, २९ पुस । वीरगंजमा थारू समुदायले माघे संक्रान्ति भव्यरुपमा मनाउने तयारी गरिएको छ । माघी समारोह आयोजक समितिले आइतवार वीरगंजमा पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो ।
थारुहरुको नयाँ वर्ष खिँचडी अर्थात माघी पर्ब सोमवार वीरगंजको पूरानो बसपार्कमा माघी समारोह आयोजना गरिने भएको छ । थारू समुदायको नयाँ वर्ष थारू सम्वतः २६४८ को शुभकामना आदानप्रदान, भाषा तथा सास्कृंतिक कार्यक्रमसमेत गरिने समितिका संयोजक शेखर चौधरीले बताए ।
सोमवार माघ १ गते बिहान वीरगंजको घण्टाघरदेखि पुरानो बसपार्कसम्म थारू सस्ंकृति झल्कने झाँकीसहित प्रभातफेरी निकाल्ने र पूरानो बसपार्कमा औपचारिक कार्यक्रम राखिने संयोजक थारूको भनाइ छ ।
पत्रकार सम्मेलनमा थारू कल्याणकारी सभाका केन्द्रीय सदस्य ननदकिशोर पञ्जियार, प्रचार प्रसार संयोजक शम्भु महतो थारू, दिपेन्द्र चौधरी, बिजया ओझैया, मनोज चौधरी लगायतको सहभागीता थियो । कार्याक्रमको सञ्चालन पुनम चौधरीले गरेका थिइन् ।
यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ खैर्वा खेल मैदानमा आइतवारदेखि दुर्ई दिन थारू माघी (तिला संक्रान्त) संस्कृति उत्सव शुरू हुँदैछ । उत्सवको एक कार्यक्रमका बीच मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले उदघाटन गर्नेछन् ।
यसैबिच पर्सा जिल्लाका पाँच स्थानमा यसवर्ष माघी महोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरिएको छ । वीरगंज महानगरपालिका सहित पर्साको पटेर्वासुगौली गाउँँपालिका, जीराभवानी गाउँँपालिका, पर्सागढी नगरपालिका र सखुवाप्रसौनी गाँउपालिकामा माघी महोत्सव मनाउने तयारी भईरहेको हो ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...