3 October ,2024,Thursday

हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौं : प्रधानमन्त्री दाहाल

काठमाडौं पुस २९ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा रहेको बताएका छन्। काठमाडौं स्थित चिनियाँ दूतावासले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ताइवानलाई स्वतन्त्र रूपले हेर्न नहुने बताए।

उनले ताइवान चीनको एक भाग भएको प्रस्ट पारे। ताइवान भनेको चीनको एउटा भाग हो। त्यसलाई स्वतन्त्र रूपले हेर्नुहुँदैन, हामीले हेर्दैनौं पनि। हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौं, उनले भने।

उनले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताए। चीनप्रतिको यो नीति कहिल्यै नबदलिने उनको भनाइ थियो। एक चीन नीतिप्रति हामी प्रतिबद्ध छौं। नेपालले अवलम्बन गर्दै आएको यो नीति कहिल्यै परिवर्तन हुँदैन, उनले भने। प्रधानमन्त्री दाहालले चीन र नेपाल आफ्नो मुलुक समृद्ध बनाउनतर्फ अग्रसर हुनुपर्ने बताए।

प्रधानमन्त्री दाहालले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिलो मित्र भएको बताए। शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध प्रगाढ रहेको उनको भनाई थियो। हामीले असल मित्रकारुपमा एकअर्काको संवेदशनीलतालाई नजिकबाट बुझेका छौं। शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ।

चीनका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पार्दै उनले दुई देशको सभ्यता नदी र हिमशृङ्खलाले मात्र जोडिएका छैनन्, यसमा हाम्रा साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेको उनले बताए। उनले संस्कृतिक सम्बन्धको गतिलो उदहारणका रूपमा चन्द्रमासमा आधारित पात्रो रहेको उल्लेख गरे।

आफूले हालै गरेको चीनको औपचिारिक भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भएको भेटवार्ताका क्रममा नेपाल चीन सम्बन्धका विविध आयाममा गहिरो छलफल भएको उनले स्मरण गरेका थिए।

त्यस्तै नेपालका लागि चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री दाहाल चीनको राम्रो साथी भएको बताए। सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको राम्रो साथी पनि हो। चीन हरदम नेपालको हितमा छ, उनले भने। चिनियाँ राजदतू सोङले नेपाल र चीनको द्विपक्षीय हितका विषयमा चर्चा गरेका थिए।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित राजनीतिका दलका नेताहरू सहभागी थिए। साभार– अन्नपूर्ण पोष्ट

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...