5 July ,2025,Saturday

वीरगंजमा चार घण्टा कफर्यु खुला, १० बजेपछि पुनः कफर्यु यथावत रहने

वीरगंज, ८ फागुन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा बिहान ६ बजेदेखि १० बजेसम्म चार घण्टाका लागि कफ्र्यू आदेश खुला गरेको छ ।
सर्वसाधारणको दिनचर्या सहज बनाउन कफ्र्यू आदेश चार घण्टाका लागि खुला गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
आज बिहान विज्ञप्ति जारी गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले मगलवार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कफ्र्यू आदेश खुला गरिएको जनाए । उक्त समयपश्चात स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कफ्र्यू आदेश रहने प्रजिअ भुषालले जारी गरेको सूचनामा उल्लेख छ ।
वीरगंज महानगरपालिकाको पूर्वमा नगवा चोक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरीपुल (भन्सार क्षेत्र) सम्म कफ्र्यू लगाएको हो ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...