वीरगंज ७ फागुन । वीरगंज महानगरमा दुई पक्षबीच भएको झडपमा सुरक्षाकर्मीसहित एक दर्जन जति घाइते भएका छन् भने स्थिति नियन्त्रणमा नहुंदा अनिश्चितकालीन कर्फ्यु घोषणा भएको छ ।
सांझ ५ बजेतिर अचानक जिल्ला प्रशासन कार्यालय, पर्साले कफर्यु घोषणा गरेपछि सर्वसाधारणलाई निकै समस्या भएको थियो ।सांझ र रातिसम्म सर्वसाधारणहरु आ–आफनो गन्तव्यतिर गइरहेका थिए । उनीहरुलाई सवारी साधन नपाउंदा निकै समस्या भएको थियो । सांझ ५ बजेपछि पसल बन्द हुंदा सर्वसाधारणहरु आ–आफनो गन्तव्यतिर लागे पनि सुरक्षाकर्मीले कुनै बाधा अवरोध गरेका थिएनन् । त्यस्तै काठमाडौं छुटने रात्रिबसहरु पनि छ बजेतिरै गन्तव्यतिर लाग्दै गरेको देखियो । पसलहरु सबै बन्द हुंदा सर्वसाधारणलाई समस्या भएको थियो ।
रौतहट, सर्लाही लगायतको स्थानमा दुई जातीय पक्षबीच भएको झडप थियो । सोको विरोधमा वीरगंजमा पनि दुई जातीय समूह पक्षबीच झडप भएको थियो । वीरगंजमा आज भएको झडपमा १३ राउन्ड अश्रुग्यास चलेको थियो भने केही हवाइ राउन्ड पनि फायर भएको थियो । झडपमा प्रहरीसहित एक दर्जनभन्दा बढी घाइते भएका छन् ।
वीरगंजको छपकैया क्षेत्रमा प्रदर्शन हुंदा प्रहरी र समूहबीच झडप भएको थियो । यसैबीच जिल्ला प्रहरी कार्यालय, पर्साले आज साँझ ५ बजेदेखि अर्को आदेश नहुन्जेलसम्म कर्फ्यु आदेश जारी गरेको छ ।
वीरगंजमा भएको विरोध जुलुसकको क्रममा विवाद र झडपपछि स्थिति उत्पन्न भई सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भङ्ग हुनजाने स्थिति देखिएकोले महानगर क्षेत्रको पूर्वमा नगवाचोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरीपुल (भन्सार क्षेत्र) सम्म कर्फ्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।
प्रजिअ भुसालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको बताए । उनले कर्फ्यु अवधिभरि आवतजावत गर्न, भेला हुन, बाहिर हिंडडुल गर्न, जुलुस प्रदर्शन, घेराउ, र्याली तथा अन्य कुनै प्रकारको उच्छृंखल गतिविधि गर्न नपाउने र गरेको खण्डमा कडा कारबाइ गर्ने प्रजिअ भुसालले जनाएका छन् ।
हिन्दुवादी सङ्घ संगठनले गौरमा भएको घटना बिरोधमा सोमवार वीरगंज बजार बन्दको आवहान गरेको थियो ।छपकैयास्थित मुख्य सडकको गौरिया चोकमा मुस्लिमहरूले सडक जाम गरेपछि प्रहरी र मुस्लिम समुदायको युवाहरूबीच झडप भएको प्रहरीले जनाएको छ । ११ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । घटनामा एकजना सर्वसाधारण पनि घाइते भएका थिए ।
वीरगंजमा गैरहिन्दूवादीको समूहमा अधिकांश स–साना बालकहरु सहभागी भएका थिए । उनीहरुले प्रहरीमाथि आक्रमण गरेका थिए। वीरगंजको इदगाहचोक, छपकैया र आदर्शनगर क्षेत्रमा झडप भएको थियो । झडपमा केही प्रहरी घाइते भए पछि स्थितिलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज र एक दर्जनभन्दा बढी अश्रुग्याँस प्रहार गरेको थियो ।