2 July ,2025,Wednesday

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

वीरगंज, ९ फागुन । पर्साबाट पेस्तोलसहित दुईजना र बाराबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन् ।
बुधवार राति १०ः३० बजे बहुदरमाई नगरपालिका–९ सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा ना.१२ प ४९७१ नम्बरको मोटरसाइकलमा सवार कालिकामाई गाउँपालिका–५ बस्ने ४३ वर्षीय दीपेन्द्र गिरी (चालक) र पोखरिया नगरपालिका–९ बस्ने ३७ वर्षीय शिवपूजन मुखिया (पछाडि) लाई हतियारसहित पक्राउ गरेको हो ।
गिरीको साथबाट एक थान नलकटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । दुवैजनाविरूद्ध हातहतियारसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।
यसैगरी, नक्कली नोटसहित बारागढी गाउँँपालिका वडा नम्बर २ दौरवा टोल बस्ने वर्ष ३४ को दिपेन्द्र माझी रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय निजगढ बाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका वडा नम्बर ८ निजगढ स्थित हाटबजारमा नेपाली एक हजारको दुर्ई थान गरि २ हजार नक्कली नोट दिई सर समानहरू खरिद गरिरहेको अवस्थाबाट माझीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रहरी दधिराम न्यौपानेले जानकारी दिनु भयो ।
उनलाई नियन्त्रणमा लिई मुद्रा सम्बन्धी कसुर मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालत कलैयाबाट दिन ५ म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता न्यौपानेले जानकारी दिनु भयो ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...