20 January ,2025,Monday

नेशनल मेडिकल कलेजको एमडीबाट हटाइए बसरुद्दिन,जैनुद्दिनका छोरा बने नयाँ एमडी

वीरगंज, ११ फागुन । वीरगंज महानगरपालिका वडा नम्बर १५ भेडियाहीमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्रबन्ध निर्देशक (एमडी) मा शाहनवाज अन्सारी चयन भएका छन्।

गत फागुन ४ मा बसेको अस्पतालको सञ्चालक समिति बैठकले यसअघि प्रबन्ध निर्देशकमा रहेका बसरुद्दिन अन्सारीलाई हटाएर शाहनवाजलाई प्रबन्ध निर्देशकमा चयन गरेको हो।शहनवाज,नेशनल मेडिकल कलेज सञ्चालक समितिका अध्यक्ष जैनुद्दिन अन्सारीका छोरा हुन्।

यसअघि लामो समयसम्म मेडिकल कलेजको प्रबन्ध निर्देशकमा बसरुद्दिन अन्सारी थिए। बसरुद्दिन नेकपा एमालेका मधेस प्रदेश समिति सदस्यपनि हुन्।

अस्पतालमा अब बसरुद्दिनको १० प्रतिशत मात्र सेयर रहेको अस्पतालका सञ्चालक समितिका अध्यक्ष जैनुद्दिनले जानकारी दिए।

 

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...