भारतको महावाणिज्य दूतावास वीरगंजको आयोजनामा जनजातीय गौरव दिवस कार्यक्रम सम्पन्न

वीरगंज, २८ कार्तिक । भारतको महावाणिज्य दूतावास वीरगंजको आयोजनामा शुक्रबार जनजातीय गौरव दिवस विशेष कार्यक्रम सांस्कृतिक विविधता सहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न वक्ताहरूले आदिवासी समुदायका वीर नेता भगवान विरसा मुंडाको जीवन, संघर्ष र ऐतिहासिक योगदानबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए।

महावाणिज्य दूतावासका कन्सुलर जेनरल डि. एस. श्री देवी सहाय मीनाले विरसा मुंडाले ब्रिटिश शासनको अत्याचार र जमिन कब्जामाथि उत्रिएको उलगुलान आन्दोलन मार्फत जनजातीय समुदायको पहिचान, अधिकार र स्वाभिमान सुरक्षित गर्न गरेको भूमिका स्मरण गरे। साथै उहाँले शिक्षा, आत्म–अनुशासन र सामाजिक सुधारमा दिएको योगदान आज पनि प्रेरणादायी रहेको बताए ।

डा.सुचित शर्माले विरसा मुंडालाई युवालाई समुदायको भविष्य र पहिचानका रक्षकको रूपमा अघि ल्याएको बताए। विखण्डित जनजातीय समूहलाई एकजुट गरी संगठित आन्दोलन प्रारम्भ गरि मुंडा समुदायलाई आफ्नो मौलिक धर्म, संस्कृति र पहिचान जोगाउन प्रेरित गरेको बताए ।

त्यस्तै जनजाति सुरक्षा मंचका कार्यकारी राष्टिय सयोजक सुरेश चौधरीले 1875 मा जन्मेका विरसा मुंडाले युवाहरूलाई सांस्कृतिक, सामाजिक र राजनीतिक चेतनामा जोड्न विशेष प्रशिक्षण र शिक्षा जस्ता अभियान चलाएको बताए।

कार्यक्रममा इतिहास र संस्कृति सम्बन्धी प्रस्तुतिकरणसँगै रंगीन सांस्कृतिक कार्यक्रम पनि प्रदर्शित गरियो। लिटिल flower Parwanipur तथा शारदा कला केन्द्र Raxaul का विद्यार्थीहरूले जनजातीय नृत्य–गीत, लोकधुन र सांस्कृतिक पहिरन झल्काउने प्रस्तुतिहरू गरे, जसले कार्यक्रममा रंगीन माहोल सिर्जना गर्‍यो। विद्यार्थीहरूको उत्साह, नृत्य–कला र सांस्कृतिक प्रस्तुतिलाई उपस्थित दर्शकहरूले प्रशंसा गरेका थिए।

जनजातीय संस्कृति, पहिचान र विरासत संरक्षणका विषयमा सरोकारवालाबीच विचार–विमर्श समेत भएको थियो। कार्यक्रमले दुई देशबीचको सामाजिक–सांस्कृतिक सम्बन्ध थप नजिक बनाउने हुने विश्वास भारतिय दुतावासका कन्सुलेट मनिश दासले बतााए।

कार्यक्रममा स्थानीय प्रतिनिधि, समाजसेवी, विद्यार्थी, विभिन्न संघ–संगठनका पदाधिकारी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *