Blog
-

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या
रुपन्देहीको कञ्चनका २२ वर्षीय मोहन थारुले उनीहरूमाथि चक्कु प्रहार गरेको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिनुभयो । चक्कु प्रहारपछि दुवैजना गम्भीर घाइते भएका थिए । बमबहादुरको जीतपुरमा उपचारका क्रममा र अञ्जनीको मेडिकल कलेज भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोहन र अञ्जनी विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । बिहेको प्रस्ताव अस्वीकार गरेपछि हत्या गरेको बताइएको छ । हत्या गर्ने थारुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
-

गर्मीका कारण कलैयाका विद्यालय बन्द
बारा, १८ जेठ
बढदो गर्मीका कारण विद्यार्थीलाई समस्या सिर्जना भएको भन्दै कलैया उपमहानगरपालिकाले सात दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख प्रल्हाद वर्णवालले एक विज्ञप्तिमार्फत बिदाको जानकारी गराउनुभएको हो ।
गर्मीका कारण पठनपाठनमा समस्या सिर्जना हुनुका साथै खासगरी बालबालिकामा गर्मीका कारण स्वास्थ्यमा निकै नै प्रतिकूल असर पर्ने भएको हुँदा सहजताका लागि बिदा घोषणा गरिएको प्रमुख साहले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “निजी तथा सरकारी विद्यालयमा अत्यधिक गर्मीका कारण विद्यार्थीको चाप पनि घटेको हुँदा बिदा दिनुपरेको हो ।”
तराई–मधेसका जिल्लामा ४० डिग्रीभन्दा बढी तापक्रम बढेको हुँदा विद्यार्थीलाई विद्यालयबाट घर जान र घरबाट विद्यालय जान पनि समस्या सिर्जना भएको थियो । कतिपय विद्यार्थी गर्मीका कारण कक्षाकोठामा बेहोस हुन लागेकाले बिदा स्वीकृत गरिएको शिक्षा शाखा प्रमुख वर्णवालले बताउनुभयो ।
तातो हावा (लु) चलिरहेको हँुदा गर्मीका कारण बाराको जनजीवन कष्टकर बनेको छ । सेवा प्रदायक सरकारी कार्यालयमा सेवाग्राहीको चाप घटेको छ । यस्तो समयमा घरबाट निस्कन निकै नै समस्या हुने गरेको बारागढी गाउँपालिका–४ का श्रीचन्द्र साहले बताउनुभयो ।
अहिले सडकपेटी, हाटबजारलगायत स्थान प्रायः सुनसान देखिएका छन् । विद्यालय यही जेठ १९ देखि बन्द भई जेठ २५ गते खुल्ने शिक्षा शाखा प्रमुख वर्णवालले जानकारी दिनुभयो ।
––– -

महिला क्रिकेट : तेस्रो खेलमा नेपाल विजयी
काठमाडौँ, १८ जेठ
नेपालले पाँच खेलको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको छ । मलेसियाको वाइएसडी यूकेएम ओभलको खेल मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको हो ।
यस जितसँगै नेपालले तीन खेलको महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा २–१ को अग्रता बनाएको छ । नेपालले दिएको एक सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ८३ रनमा समेटियो ।
मलेसियाका लागि महिराह इज्जाती इस्माइलले सर्वाधिक ४४ रनमा अविजित रहिन् भने विनिफ्रेड दुराईसिंघमले २० रन बनाइन् । नेपालका लागि सीता रानामगर, इन्दु बर्मा र कविता कुँवरले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय १० रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २७ रन बनाइन् । सीता रानामगरले २४ रन बनाइन भने ज्योति पाण्डेले २३ रन जोडिन । ईन्दु बर्माले २० रन बनाइन् ।
मलेसियाका लागि निक नुर अतिएलाले २ तथा एसा इलिसा र विनिफ्रेड दुराईसिंघमले समान १/१ विकेट लिए ।
-

पर्सामा अचाक्ली गर्मी बढयो
वीरगंज, १७ जेठ/
लगातार बढ्दै गएको तापक्रमले पर्सावासीको जनजीवनलाई नराम्ररी प्रभावित गरेको छ । लामो समयदेखि वर्षा नहुँदा दिउँसोको तापाक्रम ४४ डिग्री पुग्न थालेपछि त्यसकारण बिरामी हुनेको संख्या बढ्दै गएको छ ।गर्मी बढेसँगै वीरगञ्जको नारायणी अस्पतालमा पखाला, निमोनिया, ज्वरोका बिरामीको संख्या बढेको चिकित्सकले बताएका छन् । गर्मीबाट सबैभन्दा बढी बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन तथा आकस्मिक औषधि विशेषज्ञ डा उदयनारायण सिंहले जानकारी दिनुभयो । गर्मी बढेसँगै पर्सामा ‘हिट स्ट्रोक’ अर्थात ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको उहाँले बताउनुभयो ।
दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने गरम हावाले दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम बढेको चिकित्सक सिंहको भनाइ छ । बढ्दो गर्मीबाट जोगिन फलफूलको जुस, पानी लगायतका तरल पर्दाथको सेवनलाई बढाउनाका साथै काम नभए दिउँसोको समयमा घरबाहिर नस्किन उहाँले सर्वसाधारणलाई सुझाव दिनुभयो ।
नारायणी अस्पतालको बहिरङ्ग विभागमा दैनिक छ सयको हाराहारीका बिरामी उपचारका लागि आउने गरेकामा हाल आठ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् भने अस्पतालको आकस्मिक विभाग पूर्ण क्षमतामा सञ्चालन भइरहेको चिकित्सकहरूले बताएका छन् ।